शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सांसदको व्यङ्ग्य : भरसक पतिलाई, पति नभए पत्नीलाई मन्त्री बनाऔं

मङ्गलबार, १९ साउन २०७८, १६ : २०
मङ्गलबार, १९ साउन २०७८

माओवादी केन्द्रका सांसद गजेन्द्र बहादुर महतले सरकार गठनका लागि मन्त्री छान्न समस्या परेको भन्दै व्यङ्ग्य गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा विषेश समय लिएर बोल्दै जुम्लाका सांसद महतले मन्त्री बन्नका लागि पार्टीका नेतालाई समस्या परेको व्यङ्ग्य गरेका हुन् । 

उनले मन्त्री बन्नका लागि टन्न पैसा कमाएको हुनुपर्ने, पहिले नै २ पटक मन्त्री भएकै हुनुपर्ने, भरसक धेरै पार्टी फेरबदल गरेको हुनुपर्ने, पार्टी नेतृत्वलाई घुर्की, धम्की, धाक, दिनसक्ने, गुटमा आबद्धता भएकै हुनुपर्ने, भरसक पति र पति नभए पत्नीलाई मन्त्री बनाउन भन्दै व्यङ्ग्य गरे ।

उनले भने, ‘नेतृत्वको वरिपरी घुमेर खुसी बनाउँन सक्ने, भष्ट्राचार र कमिसन आउँने सबै दुलाहरु थाहा पाउने क्षमता भएकोलाई मन्त्री बनाउँने त्यो पनि राखौँ । यो संसदमा नियमित नआउने, यसो झल्याकझुलुक आउँने सांसदलाई पनि मन्त्री बनाउने क्राइटेरियामा राखौँ ।’

उनले आफू माओवादी आन्दोलनबाट आएको बताउँदै कांग्रेस र एमालेले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको भन्ने गरेकोमा चित्त नबुझ्ने बताए ।  उनले राजाले शासन गर्दा कांग्रेस र एमालेका नेतालाई कालापहाड पु¥याएको घटना नर्बिसन आग्रह गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप