सांसदको व्यङ्ग्य : भरसक पतिलाई, पति नभए पत्नीलाई मन्त्री बनाऔं
माओवादी केन्द्रका सांसद गजेन्द्र बहादुर महतले सरकार गठनका लागि मन्त्री छान्न समस्या परेको भन्दै व्यङ्ग्य गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा विषेश समय लिएर बोल्दै जुम्लाका सांसद महतले मन्त्री बन्नका लागि पार्टीका नेतालाई समस्या परेको व्यङ्ग्य गरेका हुन् ।
उनले मन्त्री बन्नका लागि टन्न पैसा कमाएको हुनुपर्ने, पहिले नै २ पटक मन्त्री भएकै हुनुपर्ने, भरसक धेरै पार्टी फेरबदल गरेको हुनुपर्ने, पार्टी नेतृत्वलाई घुर्की, धम्की, धाक, दिनसक्ने, गुटमा आबद्धता भएकै हुनुपर्ने, भरसक पति र पति नभए पत्नीलाई मन्त्री बनाउन भन्दै व्यङ्ग्य गरे ।
उनले भने, ‘नेतृत्वको वरिपरी घुमेर खुसी बनाउँन सक्ने, भष्ट्राचार र कमिसन आउँने सबै दुलाहरु थाहा पाउने क्षमता भएकोलाई मन्त्री बनाउँने त्यो पनि राखौँ । यो संसदमा नियमित नआउने, यसो झल्याकझुलुक आउँने सांसदलाई पनि मन्त्री बनाउने क्राइटेरियामा राखौँ ।’
उनले आफू माओवादी आन्दोलनबाट आएको बताउँदै कांग्रेस र एमालेले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको भन्ने गरेकोमा चित्त नबुझ्ने बताए । उनले राजाले शासन गर्दा कांग्रेस र एमालेका नेतालाई कालापहाड पु¥याएको घटना नर्बिसन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण