मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

महाकालीमाथि ४ पुलको ठेक्का लिएर एमाले कार्यकर्ता फरार भए : दिलेन्द्र बडू

मङ्गलबार, १९ साउन २०७८, १६ : १४
मङ्गलबार, १९ साउन २०७८

नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले दार्चुलामा महाकाली नदीमाथि बन्न लागेको ४ पुलको ठेक्का एमाले कार्यकर्ताले लिएका कारण अलपत्र भएको बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकको विषेश समयमा बोल्दै दार्चुलाका सांसद समेत रहेका बडुले महाकाली माथि तत्काल पुल बनाउन माग गरे । 

उनले महाकाली नदी पार गर्ने क्रममा जयसिंह धामीको भारतीय सुरक्षाबलले तुइन काटेका कारण वेपत्ता भएको भन्दै सरकारले कुटनीतिक तरिकाबाट छिटो भन्दा छिटो दोषीलाई कारवाही र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरे । 

उनले २०७२ साल असोज २४ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले १ बर्षभित्र सबै तुइन् बिस्तापित हुने प्रतिबद्धता जनाएको उल्लेख गरे । हालैपनि पूर्व प्रधानमन्त्री ओलीले अब कुनै नेपालीले तुइन तर्नु पर्दैन, कुनै नेपाली मर्नु पर्दैन भनेर भाषण गरेको स्मरण गराए । 

सांसद बडुले भने–‘उहाँले यो पनि भन्नुभएको थियो कि कहीँ तुइन बाँकी छ भने फोटो खिचेर ल्याउनुहोला र सिंहदरबार पु¥याउनुहोला । दार्चुलाको यो तुइनको फोटो अझै बाँकी छ ।’

उनले महाकाली नदीमा ४ वटा तुइन बिस्तापित गर्न झोलुङ्गे पुल बनाउँने ठेक्का एमाले कार्यकर्तालाई दिएका कारण अहिलेसम्म निर्माण अघि बढ्न नसकेको उल्लेख गरे । ति पार्टीका कार्यकर्ता पेश्की रकम लिएर पनि कहाँ गायव भए पत्ता नलागेको भन्दै सरकारको ध्यानाकर्षण गराए । 

उनले भने–‘झोलुङ्गे पुल बनाउँने ठेक्का लिएर बेपत्ता भएका को को हुन् सार्वजनिक हुनुपर्छ । कम्तिमा ति ४ ठाउँमा छिटोभन्दा छिटो पुल निर्माण सम्पन्न गर्नुपर्छ ।’

उनले कालापानी तिङ्कर सडकका लागि नेकपाको सरकार आउनुअघि नै विशेष रणनीतिका साथ बजेट विनियोजन भएपनि पछि ४ जिल्लालाई छुनेगरी महाकाली करिडोरका नाममा बजेट राखेपछि प्रभावकारी काम हुन नसकेको उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप