एक साताका लागि प्रतिनिधि सभा बैठक स्थगित
मङ्गलबार, १९ साउन २०७८, १६ : ०९
प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित भएको छ । यही साउन २६ गते मंगलबारसम्मका लागि संसद बैठक स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जनाएका छन् ।
आजको बैठकको कार्यसूचीमा खास एजेण्डा नभएपनि अधिकांश सांसदहरुले बैठकको शून्य र विषेश समयमा जनसरोकारका कुरा उठाएका थिए ।
दार्चुलाको ब्यास गाउँपालिका वडा नंबर २ मा महाकाली नदी तर्ने क्रममा यही साउन १४ गते भारतीय सुरक्षाबलले तुइन काटिदिएपछि बेपत्ता भएका जयसिंह धामीको घटनाबारे छानविन गर्न, दोषीलाई कारवाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन सांसदहरुले माग गरेका छन् ।
संसदमा गृहमन्त्री बालकृष्ण खाणँले सरकारले ५ सदस्यीय छानविन टोली बनाएको र १० दिनभित्रमा प्रतिवेदन आउने बताए । उनले प्रतिवेदनमा आएको तथ्यलाई सरकारले कडाईका साथ कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण