शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एक साताका लागि प्रतिनिधि सभा बैठक स्थगित

मङ्गलबार, १९ साउन २०७८, १६ : ०९
मङ्गलबार, १९ साउन २०७८

प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित भएको छ । यही साउन २६ गते मंगलबारसम्मका लागि संसद बैठक स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जनाएका छन् । 
आजको बैठकको कार्यसूचीमा खास एजेण्डा नभएपनि अधिकांश सांसदहरुले बैठकको शून्य र विषेश समयमा जनसरोकारका कुरा उठाएका थिए । 

दार्चुलाको ब्यास गाउँपालिका वडा नंबर २ मा महाकाली नदी तर्ने क्रममा यही साउन १४ गते भारतीय सुरक्षाबलले तुइन काटिदिएपछि बेपत्ता भएका जयसिंह धामीको घटनाबारे छानविन गर्न, दोषीलाई कारवाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन सांसदहरुले माग गरेका छन् । 

संसदमा गृहमन्त्री बालकृष्ण खाणँले सरकारले ५ सदस्यीय छानविन टोली बनाएको र १० दिनभित्रमा प्रतिवेदन आउने बताए । उनले प्रतिवेदनमा आएको तथ्यलाई सरकारले कडाईका साथ कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप