शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शिल्पा शेट्टीको समर्थनमा बहिनी समिता : भनिन्, ‘हरेक स्थितिमा तिम्रो साथमा’

मङ्गलबार, १९ साउन २०७८, १५ : ४३
मङ्गलबार, १९ साउन २०७८

पोर्नोग्राफी केसमा फसेका राज कुन्द्रा हाल न्यायिक हिरासतमा छन् । राज कुन्द्राका कारण उनकी श्रीमती शिल्पा शेट्टी पनि आलोचनाको शिकार हुनुपरेको छ । सोसल मिडियामा शिल्पा माथि पनि मानिसहरुले तथानाम भनिरहेका छन् । राज पक्राउ परेको थुप्रै दिनपछि सोमबार शिल्पा शेट्टीले मुख खोलेकी थिइन् ।

सोसल मिडियामा शिल्पा शेट्टीले लामो पोस्ट शेयर गर्दै मुम्बई पुलिस र कानून व्यवस्थामाथि आफ्नो विश्वास जताएकी थिइन् । शिल्पाको पोस्टमा कमेन्ट गर्दै उनकी बहिनी समिता शेट्टीले उनलाई समर्थन गरेकी छिन् ।

शेट्टीले शिल्पाको बयान पोस्ट गरेपछि कमेन्ट बक्समा लेखिन्, ‘मेरी मुनकी म तिमीलाई असाध्यै माया गर्छु र म जस्तो सुकै स्थितिमा पनि सधैं तिम्रो साथमा छु ।’ स्मरण रहोस्, यसअघि पनि शमिताले शिल्पाको समर्थनमा एउटा पोस्ट लेखेकी थिइन् ।

शिल्पाको समर्थन गरेका कारण बहिनी समिता शेट्टीलाई धेरैले तथानाम भनेका छन् । तर शमितालाई यस्ता कुराले केही असर परेको छैन । शमिताले प्रशंसकलाई शिल्पाको फिल्म हंगामा टु हेर्न पनि अपिल गरेकी थिइन् ।

शिल्पाको बयानमा थुप्रै सेलिब्रिटीले प्रतिक्रिया दिएका छन् । यीमध्ये अभिनेता माधवन पनि छन् । उनले लेखे, ‘जतिलाई म चिन्छु तीमध्ये तिमी सबैभन्दा स्ट्रङ्ग व्यक्तिमध्ये एक हौ । मलाई पूर्ण विश्वास छ कि यो चुनौतीलाई पनि तिमीले ग्रेससहित पार गर्नेछौं । हाम्रो प्रार्थना तिमी र तिम्रो परिवारसँग सधैं हुनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप