शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

४१ वटा राजनीतिक पार्टीको दर्ता खारेज (सूचीसहित)

मङ्गलबार, १९ साउन २०७८, २० : ३१
मङ्गलबार, १९ साउन २०७८

निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलहरूको दर्ता खारेज गरेको छ । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार मंगलबार बसेको आयोगको बैठकले तीन वर्षसम्म लेखा प्रतिवेदन नबुझाउने राजनीतिक दलहरूको दल दर्ता गरेको हो । आयोगका अनुसार साउन २० गतेदेखि यो निर्णय लागू हुनेछ ।

दर्ता खारेज भएका दलहरूको नाम, झण्डा र चुनाव चिन्ह एक बर्षसम्म अरुले प्रयोग गर्न पाउने छैनन् । आयोगको निर्णयसँगै अव निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरूको संख्या ९५ वटामा सीमित भएको छ ।
यसअघि आयोगमा १३६ वटा दल दर्ता रहेका थिए ।

आयोगको निर्णय अनुसार अखण्ड नेपाल, शिवसेना पार्टी, नेपाली काँग्रेस राष्ट्रवादी, चुरे भावर, लगायतका दलहरूको दर्ता खारेज भएको हो । त्यसैगरी संघीय लिम्बुवान र किराँत खुम्बु वान पार्टीको पनि दर्ता खारेज भएको छ ।

हेर्नुुस् सूची

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप