सप्तरीमा शतप्रतिशत धान रोपाइँ, ९०० बिघा डुबानमा

यस वर्ष मनसुन छिटै सक्रिय भई निरन्तर वर्षा जारी भएपछि सप्तरीमा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।
असारको पहिलो साताबाट धान रोपाइँ शुरु भएर अहिले जिल्लामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ । विगतका वर्षमा समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने गरेको भए पनि यस वर्ष उचित समयमा वर्षा भएकाले शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार धानखेतीका लागि करिब ७० हजार ५०० हेक्टर जग्गा रहेको सप्तरीमा यस वर्ष ५९ हजार हेक्टरमा धान रोपाइँ भएको छ ।
जिल्लाको उत्तरी भेगमा चुरे जङ्गल र बाँझो जमिन हुने भएकाले त्यस ठाउँमा धानखेती गर्न गाह्रो हुने गरेको छ । केन्द्रका प्रमुख राजेन्द्रप्रसाद यादवले जिल्लाको १८ वटै स्थानीय तहमा धानखेती भएको बताउँदै समयमा वर्षा भएका कारण शतप्रतिशत धान रोपाइँ भएको बताए ।
यस वर्ष विभिन्न खोला तथा नदीमा आएको बाढीका कारण ९०० बिघा जग्गामा रोपाइँ गरिएको धान डुबानमा परेको छ भने २०० बिघा जग्गाका कटानसमेत भएको उनको भनाइ छ ।
जिल्लाको तिलाठी कोइलाडी, बलानबिहुल र तिरहुत गाउँपालिका तथा कञ्चनरुप र सप्तकोशी नगरपालिकामा लगाइएको धानबाली डुबानबाट क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन
-
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
-
तीन वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण