रजत पदक जित्ने बित्तिकै ओलम्पिक स्टारको खुलासा : म लेस्बियन हुँ

person explore access_timeसाउन १९, २०७८ chat_bubble_outline0

टोक्यो ओलम्पिक २०२० मा जहाँ खेलको दुनियाँमा हरेक दिन विभिन्न प्रकारको उतार चढाव देख्न पाइन्छ, त्यहाँ खिलाडीको नीजि जीवनसँग सम्बन्धित विभिन्न गोप्य कुरा पनि सार्वजनिक भइरहेका छन् । यस्तै एउटा घटना सार्वजनिक भएको छ । पोल्याण्डकी एक महिला खिलाडीले पदक जित्ने बित्तिकै आफू लेस्बियन भएको घोषणा गरेकी छिन् ।

पोल्याण्डकी खिलाडी कातारजाइना जिलम्यान ओलम्पिक रोवर हुन् । उनले आफ्नो समूहसँग मिलेर रजत पदक जित्न सफल भइन् र त्यसपछि मिडियासँगको कुराकानीमा उनले आफ्नी प्रेमिकालाई उनको समर्थन गरेकोमा धन्यवाद दिँदै आफू समलिङ्गी भएको बताइन् ।

जिलम्यानले आफूले पहिला पनि यौनिकताबारे केही अन्तरवार्तामा पहिला पनि बताइसकेको तर सार्वजनिक रुपमा यसबारे खासै चर्चा नभएको बताइन् । यद्यपि, ओलम्पिक गेम्सजस्तो प्लेटफर्ममा कुरा गरेपछि जिलम्यान निकै चर्चामा आएकी छिन् । जिलम्यानले आफू एलजीबीटीक्यू समुदायका मानिसहरुको समर्थनमा भएको बताइन् ।

जिलम्यानले उक्त अन्तरवार्तामा भनिन्, ‘मलाई लाग्छ कि म यसो गरेर धेरैको मद्दत गर्न सक्छु । मैले ‘स्पोर्टस् अगेन्स्ट होमोफोबिया’ लेखिएको टीशर्टसहित एउटा तस्बिर पोस्ट गरेकी थिएँ र सार्वजनिक व्यक्ति भएका कारण एउटा टीशर्टमार्फत् मात्रै पनि मैले आफ्नो सन्देश हज्जारौं लाखौं मानिसहरुलाई दिन सफल भएँ ।’

उनले भनिन्, ‘मलाई थुप्रै किशोरीहरुको मेसेज आएको छ । एक युवती जो रोविङ स्पोर्ट्सलाई आफ्नो करियर बनाउन चाहन्छिन्, उनले मलाई आफ्नो घरको कठिन परिस्थितिबारे जानकारी दिइन् र उनले मलाई मेरो एटीट्युडका कारण नै आफूलाई असाध्यै प्रेरणा मिलेको बताइन् । यस्तै एउटा मेसेज हज्जारौं ट्रोल्स र घृणायुक्त कमेन्टलाई इग्नोर गर्नका लागि पर्याप्त हुन्छ ।’

स्मरण रहोस्, जिलम्यान पोल्याण्डकी हुन् । यो देशमा पछिल्लो केही समयमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायमाथि निकै आक्रमण देखिएको छ र यीमध्ये थुप्रै हमलामा सरकारको पनि समर्थन प्राप्त छ । यस्तोमा जिलम्यानका लागि आफ्नो यौनिकताबारे कुरा गर्नु थप बढी चुनौतीपूर्ण थियो ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।