बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

महाकालीमा ४ झोलुङ्गे पुल अघिल्लो सरकारले शिलान्यास गरेको खगराज अधिकारीको दाबी

मङ्गलबार, १९ साउन २०७८, १४ : २५
मङ्गलबार, १९ साउन २०७८

एमालेका सांसद खगराज अधिकारीले अघिल्लो सरकारले महाकाली नदीमा ४ वटा झोलुङ्गे पुल शिलान्यास गरेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद अधिकारीले भारतीय एसएसबीको अपराधपूर्ण क्रियाकलापका कारण जयसिंह धामीको मृत्यु भएको उल्लेख गरे  । 

उनले यो घटनालाई सरकारले घुमाउरो रूपमा तुइन तर्दा डोरी आफै चुँडिएको जस्तो भन्न खोजेको आरोप समेत लगाए । 

उनले अपराधीलाई कारबाहीको माग गर्दै ४ वटा झोलुङ्गे पुल र बाटो अघिल्लो सरकारले शिलान्यास गरेको हो कि भन्दै मन्त्री खाँणसँग जवाफ माग गरे । अहिलेको सरकारले झोलुङ्गे पुल र बाटो शिलान्यासको जस लिन नहुने सांसद अधिकारीको आशय थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप