ओलीले १ वर्षमा तुइन विस्थापित गर्ने हावादारी गफ दिँदा महाकाली घटना भयो : सांसद नेपाली
मङ्गलबार, १९ साउन २०७८, १३ : ४८
![ओलीले १ वर्षमा तुइन विस्थापित गर्ने हावादारी गफ दिँदा महाकाली घटना भयो : सांसद नेपाली](https://rpcdn.ratopati.com/media/albums/225193033_414671619926970_574217806032605505_n_1FZedWvm2P.jpg)
नेपाली काङ्ग्रेसकी सांसद विमला नेपालीले दार्चुलाको ब्यास गाउँपालिकाबाट साउन १४ गते महाकाली नदीमा तुइन तर्दा जयसिंह धामीको ज्यान गएकोमा सरकारको ध्यानाकर्षण गराएकी छिन् । मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले घटनाको सत्यतथ्य छानबिनको माग समेत गरिन् ।
सांसद नेपालीले २०७४ सालमा दुई तिहाइ मतका साथ प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी ओलीले आफ्नो पहिलो निर्णय नै १ वर्षभित्र देशभरिका तुइन विस्थापित गर्छु भनेर झुटो आश्वासन दिएको बताइन् ।
उनले ३ वर्ष प्रधानमन्त्री हुँदा पनि तुइन विस्थापित नहुनुले ओलीको भनाइहरू हावादारी हुने गरेको अहिले आएर प्रमाणित भएको बताइन् । उनले नेतृत्वमा बस्नेले सक्ने कुरा र काम गर्न आग्रह गर्दै जनतालाई झुक्याउने काम नगर्न पनि आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विपद् जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग जरूरी छ’
-
कांग्रेस–एमाले सत्ता सहकार्यलाई साथ दिए प्रधानमन्त्रीको पनि हित हुन्छ : योगेश भट्टराई
-
अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन : सांसद सिंह
-
कृषि र साना व्यवसायलाई माथि उठाउन राष्ट्र बैंक मिहिन ढंगले लागेको छ : गभर्नर अधिकारी
-
पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ : सांसद सापकोटा
-
कर्णालीका हिमाली जिल्लामा हवाईसेवा अवरुद्ध