बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

ओलीले १ वर्षमा तुइन विस्थापित गर्ने हावादारी गफ दिँदा महाकाली घटना भयो : सांसद नेपाली

मङ्गलबार, १९ साउन २०७८, १३ : ४८
मङ्गलबार, १९ साउन २०७८

नेपाली काङ्ग्रेसकी सांसद विमला नेपालीले दार्चुलाको ब्यास गाउँपालिकाबाट साउन १४ गते महाकाली नदीमा तुइन तर्दा जयसिंह धामीको ज्यान गएकोमा सरकारको ध्यानाकर्षण गराएकी छिन् । मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले घटनाको सत्यतथ्य छानबिनको माग समेत गरिन् । 

सांसद नेपालीले २०७४ सालमा दुई तिहाइ मतका साथ प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी ओलीले आफ्नो पहिलो निर्णय नै १ वर्षभित्र देशभरिका तुइन विस्थापित गर्छु भनेर झुटो आश्वासन दिएको बताइन् । 

उनले ३ वर्ष प्रधानमन्त्री हुँदा पनि तुइन विस्थापित नहुनुले ओलीको भनाइहरू हावादारी हुने गरेको अहिले आएर प्रमाणित भएको बताइन् । उनले नेतृत्वमा बस्नेले सक्ने कुरा र काम गर्न आग्रह गर्दै जनतालाई झुक्याउने काम नगर्न पनि आग्रह गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप