शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ओली सरकारका जनविरोधी निर्णय देउवा सरकारले खारेज गर्नुपर्छः रामकुमारी झाँक्री

मङ्गलबार, १९ साउन २०७८, २० : ००
मङ्गलबार, १९ साउन २०७८

प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले केपी ओली नेतृत्वको सरकारले गरेका जनविरोधी निर्णयलाई वर्तमान सरकारले खारेज गर्नुपर्ने बताएकी छिन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले नेतृ उनले भनिन्, ‘सरकारले संविधानलाई ट्रयाकमा राख्न र सही बाटोमा हिँडाउने मात्रै दायित्व बोकेको छैन, पूर्ववर्ती सरकारले गरेका जनविरोधी कार्यहरुलाई खारेजी गर्ने जिम्मेवारी पनि बोक्नुपर्छ ।’

जनविरोधी निर्णयको एउटा उदाहरण झापाको हदबन्दी भन्दा बढी बिक्री गर्ने सरकारले निर्णय भएको उनले बताइन् । उनले सो निर्णय खारेजीको माग गर्दै झापाबाट एक प्रतिनिधि मण्डल नै काठमाडौं आएको उल्लेख गर्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् । यस्तै उनले दार्चुला घटनाबारे पनि सरकारको ध्यानाकर्षण गराइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप