शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

किएलिनी सन् २०२३ सम्म युभेमै रहने

मङ्गलबार, १९ साउन २०७८, १३ : २१
मङ्गलबार, १९ साउन २०७८

जर्जियो किएलिनीले इटालियन क्लब युभेन्टससँग २ वर्षको नयाँ करार गरेका छन् । नयाँ सम्झौतासँगै टुरिन टोलीमा उनी सन् २०२३ सम्म रहने पक्का भएको छ । 

सन् २०२३ सम्म ३८ वसन्त पार गर्ने किएलिनीले क्लबमा १८ वर्ष बिताउने छन् । गत जुलाईमा इटालीलाई युरोपियन च्याम्पियनसीप दिलाएका उनी यसअघि करारविहीन रहेका थिए ।

१६ वर्ष युभेन्टसमा रहँदा उनले १४ वटा मुख्य उपाधि जितेका छन् । जसमा सन् २०११–१२ देखि २०१९–२० सिजनसम्म लगातार ९ वटा लिग उपाधि पनि रहेका छन् ।

सन् २००६–०७ मा म्याच फिक्सिङ प्रकरणमा युभेन्टस दोस्रो डिभिजनमा रेलिगेशन भएपछि किएलिनी दोस्रो डिभिजनमा पनि युभेकै साथमा रहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप