बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

टोकियो ओलम्पिक : बेलारुसकी खेलाडीले किन पोल्याण्डँसग शरण माग्नुपर्‍यो ?

मङ्गलबार, १९ साउन २०७८, १३ : १३
मङ्गलबार, १९ साउन २०७८

टोकियो ओलम्पिकमा भाग लिइरहेकी बेलारुसकी खेलाडी क्रिस्टिना तिमानोवस्कायाले पोल्याण्डसँग शरण मागेकी छन् । रिपोर्टका अनुसार क्रिस्टिनालाई चाँडै घर फर्किन भनिएको थियो जसलाई उनले अस्वीकार गरिन् ।

क्रिस्टिनाले जापानी प्रहरीको सुरक्षाबीच एक होटलमा रात बिताएकी थिइन् । आफ्नो प्रशिक्षकको आलोचना गरेका कारण उनलाई जबरजस्ती विमानस्थल लगिएको उनको आरोप छ । ​बेलारुस फर्किदा आफ्नो सुरक्षालाई लिएर उनले चिन्ता व्यक्त गरेकी थिइन् । उता, बेलारुसले भने उनको मानसिक स्थितिका कारण उनलाई टोलीबाट बाहिर राखिएको बताएको छ ।

त्यसपछि २४ वर्षीया क्रिस्टिनाको एउटा तस्बिर बाहिर आयो जसमा उनी टोकियोस्थित पोल्याण्डको दूतावासमा जाँदै गरेको देखिएको थियो । उनले त्यहाँ शरण मागेपछि पोल्याण्डले भिसा पनि प्रदान गरिसकेको छ । पोल्याण्डका विदेश मन्त्रालय एक अधिकारी मार्सिन प्रजीडेक्जका अनुसार क्रिस्टिनाले मानवीय आधारमा पोल्याण्डको भिसा आग्रह गरेकी थिइन् ।

बेलारुसमा लामो समयदेखि राष्ट्रपति पदमा कायम अलेक्जान्डर लुकासेन्को विवादीत पुनर्निर्वाचनलाई लिएर राष्ट्रव्यापी विरोध प्रदर्शनका दौरान ‘बेलारुसियन स्पोर्ट सोलिडारिटी फाउन्डेसन’ गठन गरेको थियो ।

यस संगठनको उद्देश्य खेलाडीहरुको मद्दत गर्नु थियो । उता, विरोध प्रदर्शनलाई दबाउन बेलारुसका सुरुक्षा बलले असन्तुष्टहरुमाथि कारबाही सुरु गर्‍यो । उक्त विरोधमा राष्ट्रियस्तरका कयौँ खेलाडीहरु पनि सहभागी भएका थिए । उनीहरुको सरकारी कोष बन्द गरेर टीमबाट बाहिर निकालियो । केही खेलाडीहरुलाई हिरासतमा पनि लिइयो ।

क्रिस्टिानाले सोमबार महिलाको २ सय मिटर रेसमा भाग लिनुपर्ने थियो । तर, त्यसअघि उनले सामाजिक सञ्जालमा भिडियो मेसेज जारी गर्दै टोलीको आलोचना गरिन् । जब केही खेलाडीले ४ ४०० मिटर रिले रेसमा भाग लिन अयोग्य पाइयो, तब आफ्नो त्यसमा बिना कुनै सल्लाह राखिएको उनको आरोप थियो । भिडियोबारे उनको बेलारुसको सरकारी मिडिया चर्को आलोचना भयो । उनमा सामूहिक भावनामा कामी भएको आरोप लगाइयो ।

क्रिस्टिनाका अनुसार त्यसपछि बेलारुसको ओलम्पिक टोलीका अधिकारीहरू आएर उनलाई ब्याग प्याक गर्न एक घण्टामा समय दिइयो । त्यसपछि उनलाई जबरजस्ती हानेडा विमानस्थल लगिएको थियो । टीमका अधिकारीहरूले घर फिर्ता हुन दबाब दिइएको उनको आरोप छ । उनले अन्तर्राष्ट्रिय एसोसिएनससँग पनि मद्दत मागेकी छिन् । उता, क्रिस्टिनाका पति देश छाडेर युक्रेन पुगेको खबर  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप