चलचित्र कलाकार श्रमिक संगठनमा नयाँ नेतृत्व

नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनमा नयाँ नेतृत्व चयन भएको छ । संगठनको पाँचौ अधिवेशनबाट खगेन्द्र प्याकुरेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।
भौतिक दुरी कायम गर्दै आयोजना गरिएको अधिवेशनले संस्थाको वरिष्ठ उपाध्यक्षमा ऋषिराज आचार्य, महिला उपाध्यक्षमा सरिता भारती, संगठन उपाध्यक्षमा दयाराम घिमिरे र कार्यक्रम उपाध्यक्षमा सुवास बुढाथोकीलाई चयन गरेको छ । त्यस्तै, महासचिवमा राजन थापा, सचिवमा प्रदिप वास्तोला, सह–सचिवमा सुरेशकुमार राउत, कोषाध्यक्षमा कमला कुमारी जोशी, सहकोषाध्यक्षमा प्रवण भुसाल चयन भएका छन् । प्रवक्तामा कल्याण अधिकारी चयन भएका छन् भने केन्द्रीय सदस्यमा डेविल सिंह राजपुत, तुलसा कटुवाल, साक्षी लम्साल, सुष्मा देवकोटा, गोपाल ढकाल, प्रेम पाण्डे, केन्द्रिय सदस्य कृष्ण भट्टराई छानिएका छन् ।
वरिष्ठ चलचित्र निर्देशक मोहन निरौला र सञ्चारकर्मी शान्ति प्रियलाई संगठनले मानार्थ सदस्यता समेत प्रदान गरिएको कार्यक्रममा राष्ट्रगानका रचनाकार व्याकुल माइला, चलचित्र निर्देशक माधवराज खरेल, अभिनेता श्रीदेव भट्टराई, डब्बु क्षेत्री लगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्तीको नहरमा डुबेर एक युवकको मृत्यु
-
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु
-
१० बजे १० समाचार : अमेरिकामा नेपालीको मृत्यु, पतञ्जलि जग्गा प्रकरणमा आरोप-प्रत्यारोप जारी
-
बेंगलुरुको विजय उत्सवमा भागदौड प्रकरण : कर्नाटक क्रिकेट संघका अधिकारीहरूद्वारा राजीनामा
-
सिकलसेल भएका युवायुवतीले विवाह गर्दा अनिवार्य रगत परीक्षण गर्नुपर्ने सुझाव
-
राष्ट्रिय आर्चरी च्याम्पियनसिपमा तिलक र आयशालाई स्वर्ण पदक