मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

कार्यदलको छलफल नसकिँदा शीर्ष नेताको बैठक अनिश्चित

मङ्गलबार, १९ साउन २०७८, १२ : ०९
मङ्गलबार, १९ साउन २०७८

सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तयार पार्न सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको कार्यदलले सहमति जुटाउन नसक्दा आज बस्ने भनिएको शीर्ष नेताहरुको छलफल पछि सरेको छ ।

आज पनि कार्यदलको बैठक बस्ने र दस्तावेजहरूको मस्यौदा टुंगो लगाएपछि शीर्ष तहमा छलफल हुने नेताहरुले जनाएका छन् । 

‘कार्यदलले अझै काम सकेको छैन, आज पनि बैठक बस्दैछ, कार्यदलले काम सकेपछि हामी बैठक बस्छौँ’ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले रातोपाटीसँग भने, ‘शीर्ष तहको बैठक कतिखेर बस्ने भन्ने टुंगो लागिसकेको छैन ।’

पहिले सरकारले के काम गर्ने र सरकार सञ्चालन कसरी गर्ने भन्ने सैद्धान्तिक विषयमा टुंगो लागेपछि मात्र मन्त्रिपरिषद विस्तार हुने उनले बताए । यादवले भने, ‘सरकारमा जाने एउटा सैद्धान्तिक आधार त चाहियो नि ।’

कार्यदलले आज न्यूनतम साझा कार्यक्रमको टुंगो लगाउने र एक–दुई दिनमा सरकारले पूर्णता पाउने सम्भावना रहेको उनले बताए ।

कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा संविधान संशोधनको प्रतिवद्धता लगायतका विषयहरुलाई पनि समेटिनुपर्ने जसपाको माग छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप