शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘न्यूड’ भएर लाइभ आइन् अभिनेत्री गहना वशिष्ठ

मङ्गलबार, १९ साउन २०७८, १२ : ०१
मङ्गलबार, १९ साउन २०७८

अश्लिल भिडियो प्रकरणमा पक्राउ परेका भारतीय व्यवसायी राज कुन्द्रा प्रकरणसँग जोडिएर चर्चामा आएकी अभिनेत्री गहना वशिष्ट ‘न्यूड’ भएर इन्स्टाग्राममा लाइभ आएकी छन् । 

राज कुन्द्राले बनाएका फिल्म अश्लिल नभएको र ‘इरोटिका’ भएको भन्दै कुन्द्राको समर्थनमा उत्रिएकी गहनाले आफ्नो कुरा बुझाउनका लागि लाइभ आएकी बताएकी छन् । 

गहनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । गहनाले उक्त भिडियोमा आफूले कपडा नलगाएको बताएकी छन् । उनले दर्शकलाई सोधेकी छन्,‘के म अश्लिल देखिएकी छु ? के तपाईंलाई यो पार्न भन्ने लाग्छ ?’

उनले अगाडि भनेकी छन्, ‘म तपाईंहरु सबैको अगाडि लाइभ बसेकी छु । के म अश्लिल वा ‘घटिया’ देखिएकी छु ? के तपाईं यसलाई पोर्न क्याटेगोरीमा गन्न सक्नुहुन्छ ? तर अझै पनि यसलाई तपाईंहरु पोर्नका रुपमा व्याख्या गर्नहुन्न भने मैले सबै कपडा लगाएको भिडियोलाई किन पोर्न भन्नुहुन्छ ? यो गलत हो ।  मैले कपडा लगाएर बनाएको भिडियो पोर्न अनि केही पनि नलगाएको भिडियो पार्न नहुने कसरी हुन्छ ?’

गहनाले उक्त लाइभ भिडियोमा ‘कपडा बिनाको लाइभ’ क्याप्सन लेखेकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप