शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण सुडान युएन मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदली बदली

मङ्गलबार, १९ साउन २०७८, ११ : २२
मङ्गलबार, १९ साउन २०७८

काठमाडौँ । दक्षिण सुडान युएन मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदली बदली सुरु भएको छ ।

नियमित प्रक्रियाअनुसार आज मंगलबार श्रीजंग गण ११ औँ डफ्फाको २३३ जना नेपाली शान्ति सैनिक युएन चार्टड फ्लाइटमार्फत मिसन इलाकातर्फ प्रस्थान गरेका छन् । 

यसैगरी, दक्षिण सुडानबाट आफ्नो कार्यकाल समाप्त गरेर नेपाली शान्ति सैनिकको टोली साउन २०, भदौ ९ र भदौ ३० गते नेपाल आइपुग्ने योजना रहेको नेपाली सेनाले जनाएको छ । 

नेपाली सेनाले कोभिड–१९ को महामारीका कारण शान्ति स्थापना कार्यलाई निरन्तरता दिइएको जनाएको छ । साथै, अदली बदलीको क्रममा सम्पूर्ण सुरक्षा तथा कोभिड–१९ प्रोटोकलहरुको पालना गरेको समेत नेपाली सेनाले उल्लेख गरेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप