प्रहरीको युएन मिसन छनोट परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको आशङ्कामा छानबिन
संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जानका लागी नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट)को प्रश्नपत्र बाहिरिएको आशङ्का गरिएको छ । प्रश्नपत्र ‘लिक’ भएको आशङ्कामा प्रहरी प्रधान कार्यालयले त्यसबारे छानबिन सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयको युएन शाखाले त्यसबारे छानबिन सुरु गरेको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले रातोपाटीलाई बताए । कुँवरले भने–‘शङ्काको आधारमा छानबिन हुँदै छ ।’
साउन १६ मा प्रहरी प्रधान कार्यालय र ७ वटा प्रदेश प्रहरी कार्यालयमा परीक्षा सञ्चालन भएको थियो । परीक्षामा जवान देखी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)सम्मका २ हजार ४ सय परीक्षार्थी सहभागी थिए । प्रहरी प्रधान कार्यालयको युएन शाखाले परीक्षाको संयोजन गरेको थियो । प्रश्नपत्र बाहिरिएको हल्ला चलेपछि अर्को प्रश्नपत्र तयार गरेर डेढ घण्टा ढिलो जाँच लिइएको प्रहरी प्रवक्ता कुँवरले बताएका छन् ।
प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले जुन शाखाका कर्मचारीले प्रश्नपत्र बनाएर परीक्षा लिए सोही शाखालाई छानबिनको जिम्मा दिएका छन् । ‘स्वच्छ छानबिन हुनेमा शङ्का लागेको छ’ परीक्षामा सहभागी एक जना प्रहरी अधिकृतले रातोपाटीसँग भने–‘युएन शाखाबाट प्रश्नपत्र बाहिरिएको थियो सोही शाखालाई छानबिनको जिम्मा दिँदा कसरी निष्पक्षता हुन्छ ?’
युएन शाखाका प्रमुख एसपी अनुपम शमशेर जबरा हुन् । युएनको अनपोल मिसनमा जानका लागी प्रि–स्याटमा पास भएका कर्मचारीले पुनः स्याटको परीक्षा उत्तीर्ण हुनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण