हेटौँडा अस्पतालको नयाँ भवन शिलान्यास
![हेटौँडा अस्पतालको नयाँ भवन शिलान्यास](https://rpcdn.ratopati.com/media/albums/Hetauda_silanyas_ViUYz9CLqF.jpg)
हेटौँडा अस्पतालको क्षमता विस्तारका लागि नयाँ भवन निर्माण थालनी गरिएको छ । मंगलबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा निर्माण हुने उक्त भवनको शिलान्यास गरेका हुन् ।
हेटौँडा उपमहानगरपालिका–१ स्थित अस्पताल परिसरको पूर्वतर्फ रहेको पुरानो भवनलाई हटाएर प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको सहरी विकास तथा भवन कार्यालय मकवानपुरले नयाँ भवन निर्माण गर्न लागेको हो ।
कुल १ हजार ३३३ वर्ग मिटर क्षेत्रफलमा बन्ने सो भवन निर्माणका लागि गत असार १८ गते सम्झौता गरिएको थियो ।
आगामी २ वर्षभित्र अर्थात् २०८० पुस १६ गते निर्माण सम्पन्न गर्ने गरी बिकेओआइ/नव सिर्जनशील जेभीलाई निर्माणको जिम्मा दिइएको छ ।
अस्पतालमा क्रान्तिकारी परिवर्तन : मुख्यमन्त्री पौडेल
मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार स्थापना पश्चात हेटौँडा अस्पतालमा क्रान्तिकारी परिवर्तन भएको बताएका छन् ।
शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले प्रदेश सरकार गठन भएको साढे ३ वर्षमै प्रदेशको स्वास्थ्य सेवा र शिक्षामा व्यापक परिवर्तन आउने गरी काम गरेको बताए ।
उनले प्रदेशका नागरिकहरुको सपनाको रुपमा रहेको स्तरीय शिक्षा र स्वास्थ्य सेवालाई सरकारले विपनामा साकार पार्न सफल भएको दाबी गरे । शिक्षा र स्वास्थ्यमा पिछडिएको बागमती प्रदेशको अवस्थामा व्यापक परिवर्तन गरेर नागरिकको सेवामा सक्रिय ढंगबाट सरकार क्रियाशील रहेको उनको भनाइ छ ।
आगामी २ वर्षभित्र हेटौँडा अस्पतालमा सिटी स्क्यान, एमआरआई जस्ता महत्वपूर्ण सेवा विस्तारका साथै ५ सय शय्या क्षमतामा अस्पताल सञ्चालनको लागि भौतिक संरचना थप गर्ने कार्य अगाडि बढाइएको उनले बताए ।
उनले निर्माण कम्पनीका कारण सरकार बदनाम हुन नचाहने भन्दै समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : पूर्व राष्ट्रपति मण्डारीलाई बाटो खुल्योदेखि बागमतीका ८ सहकारीको छानविनमा सीआईबीलाई निम्तोसम्म
-
रुकुम पूर्वमा तीन जनाको शव फेला
-
१० बजे १० समाचार : विद्यालाई बाटो खुला, बलात्कार आरोपीलाई उन्मुक्ति
-
ढल्कुबाट लागुऔषध एम्फेटामाइन आइससहित दुईजना पक्राउ
-
सामाजिक सञ्जालसम्बन्धी विधेयक जसरी पनि संसदबाट पास गर्छौं : सञ्चारमन्त्री
-
एआईजी थापा इनसीबी कन्फरेन्समा सहभागी