सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौँडा अस्पतालको नयाँ भवन शिलान्यास

अस्पतालमा क्रान्तिकारी परिवर्तन : मुख्यमन्त्री पौडेल
मङ्गलबार, १९ साउन २०७८, १० : ५२
मङ्गलबार, १९ साउन २०७८

हेटौँडा अस्पतालको क्षमता विस्तारका लागि नयाँ भवन निर्माण थालनी गरिएको छ । मंगलबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा निर्माण हुने उक्त भवनको शिलान्यास गरेका हुन् ।

हेटौँडा उपमहानगरपालिका–१ स्थित अस्पताल परिसरको पूर्वतर्फ रहेको पुरानो भवनलाई हटाएर प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको सहरी विकास तथा भवन कार्यालय मकवानपुरले नयाँ भवन निर्माण गर्न लागेको हो ।

कुल १ हजार ३३३ वर्ग मिटर क्षेत्रफलमा बन्ने सो भवन निर्माणका लागि गत असार १८ गते सम्झौता गरिएको थियो । 

आगामी २ वर्षभित्र अर्थात् २०८० पुस १६ गते निर्माण सम्पन्न गर्ने गरी बिकेओआइ/नव सिर्जनशील जेभीलाई निर्माणको जिम्मा दिइएको छ ।

अस्पतालमा क्रान्तिकारी परिवर्तन : मुख्यमन्त्री पौडेल

मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार स्थापना पश्चात हेटौँडा अस्पतालमा क्रान्तिकारी परिवर्तन भएको बताएका छन् । 

शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले प्रदेश सरकार गठन भएको साढे ३ वर्षमै प्रदेशको स्वास्थ्य सेवा र शिक्षामा व्यापक परिवर्तन आउने गरी काम गरेको बताए । 

उनले प्रदेशका नागरिकहरुको सपनाको रुपमा रहेको स्तरीय शिक्षा र स्वास्थ्य सेवालाई सरकारले विपनामा साकार पार्न सफल भएको दाबी गरे । शिक्षा र स्वास्थ्यमा पिछडिएको बागमती प्रदेशको अवस्थामा व्यापक परिवर्तन गरेर नागरिकको सेवामा सक्रिय ढंगबाट सरकार क्रियाशील रहेको उनको भनाइ छ ।

आगामी २ वर्षभित्र हेटौँडा अस्पतालमा सिटी स्क्यान, एमआरआई जस्ता महत्वपूर्ण सेवा विस्तारका साथै ५ सय शय्या क्षमतामा अस्पताल सञ्चालनको लागि भौतिक संरचना थप गर्ने कार्य अगाडि बढाइएको उनले बताए ।

उनले निर्माण कम्पनीका कारण सरकार बदनाम हुन नचाहने भन्दै समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप