तालिबानले गर्यो प्रमुख शहरमा हमला, अफगानिस्तानमा लडाइँ थप तेज

अमेरिकी र अफगानिस्तानी सेनाको तर्फबाट लगातार हवाई हमलापछि तालिबानका लडाकूले हेलमन्द प्रान्तको राजधानी लश्कर गाहमा हमला गरेको छ ।
तालिबानले एक टिभी स्टेशनमा पनि कब्जा जमाएको र हज्जारौं मानिस गाउँबाट भागेर भवनमा शरण लिइरहेको बताइन्छ ।
एक अस्पतालका डाक्टरले बीबीसीसँगको कुराकानीमा भने, ‘यहाँ चारैतिर लडाइँ चलिरहेको छ । ’
हेलमन्द प्रान्त पहिलादेखि नै अमेरिकी–बेलायती सेनाको अभियानको केन्द्र थियो, यस्तोमा यदि यसको राजधानी लश्कर गाहमा तालिबानको कब्जा भएको खण्डमा यो अफगानिस्तान सरकारका लागि निकै ठूलो झट्का हुनेछ ।
यदि लश्कर गाह तालिबानको नियन्त्रणमा आउँछ भने सन् २०१६ पछि यो तालिबानको कब्जामा आउने कुनै प्रान्तको पहिलो राजधानी शहर हुनेछ ।
रेडियो र टिभी च्यानलको काम बन्दः
यसअघि सोमबार अफगानिस्तानको सूचना र प्रसारण मन्त्रालयले हेलमन्दमा ११ रेडियो र टिभी च्यानलले तालिबानको ‘हमला’ र ‘धम्की’ का कारण काम गर्न बन्द गरेको छ ।
सेप्टेम्बरसम्म करिब सबै विदेशी सैनिकले उक्त इलाका छोड्ने घोषणा भएदेखि तालिबानले ग्रामीण इलाकामा तीब्र रुपमा आफ्नो कब्जा बढाइरहेको छ ।
अब हमलाको मार झेलिरहेका यी प्रमुख शहरको भाग्य महत्वपूर्ण मोडमा खडा छ ।
मानवीय संकटको डरका साथै सरकारी सुरक्षाबल आखिर कहिलेसम्म टिक्न सक्ला भन्ने आशंका पनि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको यात्रामा वर्षा बाधक बन्दा समर्थकको नाराबाजी, खेलाडी निराश
-
काठमाडौँ उपत्यकाको वायु प्रदूषण कम गर्न साइकलमैत्री कानुनको माग गर्दै प्रदर्शन (तस्बिरहरू)
-
पटक-पटक नाकबाट रगत बग्छ ? हेमोफिलिया हुनसक्छ
-
वर्षाका कारण विश्वकप खेल्ने नेपालको सपना चकनाचुर
-
राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक : सभामुख घिमिरे
-
चमत्कारी उपदेशक