शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नगरकोटका होटल व्यवसायसँग आबद्ध सबैलाई खोप दिइयो

मङ्गलबार, १९ साउन २०७८, ०८ : ५२
मङ्गलबार, १९ साउन २०७८

पर्यटकीय क्षेत्र नगरकोटमा रहेको होटल, रेष्टुराँ र पर्यटन व्यवसायसँग आबद्ध सबैलाई कोरोना भाइरस विरुद्धको खोप दिइएको छ । सोमबार स्वास्थ्य कार्यालय काभ्रेले मण्डनदेउपुर नगरपालिकाको समन्वयमा कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्र प्रदान गरेको हो । 

नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङका अनुसार होटल सञ्चालक तथा  होटलमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई खोप दिएको छ । नगरकोटमा रहेका होटलमा कार्यरत कर्मचारीहरूमा कोरोनाको जोखिम कम गर्न र सुरक्षित पर्यटकीय गन्तव्य बनाउन कोरोना विरुद्धको खोप दिएका हौँ, अध्यक्ष गुरुङले भने । 

खोप कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवा, वडा नम्बर १ का अध्यक्ष लक्ष्मण बस्ताकोटी, २ का केशव तिमिल्सिना, चाँगुनारायणका नगरपालिका ६ का वडा अध्यक्ष सन्ते वाइवा, मण्डनदेउपुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दीपक घिमिरेलगायतको उपस्थिति रहेको थियो । 

नगरकोटमा रहेको होटल, रेष्टुराँ र पर्यटन व्यवसायसँग आबद्ध र स्थानीय नागरिक गरि करिब ९ सय जनालाई भेरोसेल खोपको पहिलो दिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप