शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तान : प्रान्तीय राजधानी नै तालिबानले कब्जामा गर्ने खतरा, सडक भिडन्त जारी

मङ्गलबार, १९ साउन २०७८, ०८ : ४०
मङ्गलबार, १९ साउन २०७८

अफगानिस्तानको दक्षिणी प्रान्त हेलमान्द प्रान्तको राजधानी लश्कर गाहमा तालिबान र सेनाबीच भिडन्त जारी रहेको छ । अमेरिका र अफगानिस्तानले हवाई हमला जारी राखे पनि बिद्रोहीहरुले निरन्तर आक्रमण गरिरहेका छन् । भीडन्तबीच यो सहर तालिबानको पकडमा पुग्ने चिन्ता व्यक्त गर्न थालिएको छ ।

बीबीसीका अनुसार तालिबानले त्यहाँको टेलिभिजन स्टेसनलाई कब्जामा लिइसकेको छ भने हजारौँ मानिसहरू घर छाडेर भागिरहेका छन् । ‘सबैतिर भिडन्त भइरहेको छ,’ एक डाक्टरले भने ।

विद्रोहीलाई सयौँको सङ्ख्यामा थप सुरक्षाकर्मी सो क्षेत्रमा पठाइसकिएको छ । २० वर्ष अफगानिस्तानमा रहेर सैन्य कारबाही गरेको अमेरिकाले आफ्ना सैनिक फिर्ता लगेसँगै तालिबानले देशमा आफ्नो पकड मजबुत बनाउन थालेको छ ।

लश्कर गाहमा तालिबानले कब्जा जमाउन सके सन् २०१६ पछि सो समूहले पहिलो पटक कुनै प्रान्तीय राजधानीमा नियन्त्रण बनाउनेछ । 

उता, विद्रोही समूहले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहारमा पनि कब्जा जमाउने प्रयास गरिरहेको छ । आइतबार कान्दाहारको विमानस्थलमा रकेट प्रहार गरिएको थियो । अर्को सहर हेरतमा पनि भिडन्त जारी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप