शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मोन्टीको निर्णयले पाकिस्तानलाई झट्का, बीसीसीआईले खेलाडीलाई धम्काएको आरोप

मङ्गलबार, १९ साउन २०७८, ०७ : ४२
मङ्गलबार, १९ साउन २०७८

पाकिस्तानमा आयोजना हुन लागेको कश्मीर क्रिकेट लिग (केपीएल २०२१) बाट इङ्ल्याण्डका पूर्व स्पीनर मोन्टी पनेसार अलग भएका छन् । मोन्टीले ट्वीट गर्दै केपीएलका कारण भारत र पाकिस्तानबीच कश्मीरको मुद्दालाई लिएर तनाव बढिरहेको बताउँदै प्रतियोगिताबाट बाहिरिएको जानकारी दिएका हुन् ।

पाकिस्तानको आरोप छ, भारतको क्रिकेट बोर्ड बीसीसीआईले विदेशी क्रिकेटरहरुलाई केपीएलमा शामेल नहुन धम्की दिइरहेको छ । केपीएल लिगमा सहभागी हुने विदेशी खेलाडीहरूलाई क्रिकेटसँग जोडिएका कुनै पनि कामका लागि भारतमा इन्ट्री नदिने भन्दै बीसीसीआईले धम्काएको पाकिस्तानले बताएको छ ।

मोन्टीले भनेका छन्, ‘मैले केपीएलमा भाग नलिने फैसला गरेको छु । केपीएललाई लिएर कश्मीर मुद्दामा भारत र पाकिस्तानबीच तनावका कारण मैले यो निर्णय लिएको हुँ । म यो तनावको बीचमा आउन चाहन्नँ । म निकै असहज महसुस गरिरहेको छु ।’

यसअघि, शनिबार दक्षिण अफ्रिकाका पूर्व क्रिकेट हर्सल गिब्सले ट्वीट गर्दै बीसीसीआईले उनलाई प्रतियोगितामा भाग नलिन धम्की दिएको बताएका थिए । उनले ट्वीटरमा लेखेका थिए, ‘बीसीसीआईले पाकिस्तानसँग आफ्नो राजनीतिक एजेन्डालाई बीचमा ल्याउन बिना कुनै कारण ल्याइरहेको छ र मलाई कश्मीर प्रिमियर लिग खेल्नबाट रोक्ने प्रयास गरिरहेको छ । मलाई भारतमा क्रिकेटसँग जोडिएका कुनै कामका लागि इन्ट्री नदिने धम्की दिइएको छ।  यो हास्यास्पद छ ।’ यसबारे बीसीसीआईले कुनै बयान जारी गरेको छैन । 

बीबीसी हिन्दी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप