बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लुकाकुलाई क्लबमा फर्काउने चेल्सीको तयारी

मङ्गलबार, १९ साउन २०७८, ०७ : २४
मङ्गलबार, १९ साउन २०७८

प्रिमियर लिग क्लब चेल्सीले पूर्व खेलाडी रोमेलु लुकाकुलाई क्लबमा भित्र्याउने तयारी गरेको छ । यसका लागि क्लबले इटालियन क्लब इन्टर मिलानलाई ‘राम्रै’ अफर दिने तयारी गरेको छ ।

गोल डटकमका अनुसार लुकाकुलाई भित्र्याउन दिइने ‘अफर’ मा चेल्सीले मार्कोस अलोन्सोलाई पनि इन्टरलाई दिने प्रस्ताव राख्ने बुझिएको छ । इन्टर मिलानको आर्थिक समस्याका कारण ठूलो अफर प्रस्तुत गरे क्लबले बेल्जियन खेलाडीलाई बेच्न तयार हुने अपेक्षा चेल्सीको छ ।

यता, गत हप्ता इटालियन च्याम्पियनसँग प्रशिक्षणमा फर्किएका लुकाकुले आफू नयाँ सिजनको प्रतीक्षामा रहेको बताउँदै क्लबमा नै रहन चाहेको सङ्केत गरेका थिए । त्यस्तै, इन्टरका प्रमुख कार्यकारी अधिकृत गुइसेपे मारोटाले पनि लुकाकुलाई तत्कालै नबेच्ने स्पष्ट पारेका छन् । ‘लुकाकु बिक्रीमा छैनन्,’ उनको भनाइ थियो ।

चेल्सी भने नयाँ सिजनका लागि स्ट्राइकरको खोजीमा रहेको छ । क्लबले भेटरान स्ट्राइकर ओलिभए जिरुलाई बेचिसकेको छ भने लुकाकुसँगै अर्लिङ हलान्ड र ह्यारी केनलाई पनि सम्भावित सूचीमा राखेको छ ।

२८ वर्षीय लुकाकुले गत सिजन सिरिए ए उपाधि जित्ने क्रममा २४ गोल गर्नुका साथै ११ वटा गोलको अवसर सिर्जना गर्न सफल भएका थिए । लुकाकु सन २०११ मा चेल्सीसँग आबद्ध भए पनि शुरुवाती ११ मा पर्न सकेनन् । एक वर्षपछि नै उनी वेस्ट ब्रोम पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप