मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सिद्धबाबामा पहिरो खस्दा सह चालकको मृत्यु

सोमबार, १८ साउन २०७८, २१ : ५८
सोमबार, १८ साउन २०७८

सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डमा पर्ने सिद्धबावामा पहिरोले  जिप पुर्दा एकजनाको मृत्यु भएको छ । स्याङ्जाबाट बुटवल आउँदै गरेको लु २ च ७३८७ नम्बरको बोलेरो जिप माथि खसेको पहिरोमा परेर स्याङ्जा वालिङ नगरपालिकाका २३ बर्षीय आशिष खाँण ठकुरीको मृत्यु भएको हो । पहिरोले पुरिएका खाँणको लुम्बिनी प्रदेशिक अस्पताल बुटवल ल्याउनासाथ साथ मृत्यु भएको लुम्बिनी प्रदेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिए ।

साँझ ८ बजेतिर भएको घटनामा चालक डिलु थापा सामान्य घाइते भएका छन् । शव र घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको  छ । पहिरो खसेपछि केहीबेर सडक अवरूद्ध समेत भएको थियो । यो क्षेत्रमा पटक–पटक पहिरोका कारण सडक अवरुद्ध हुने गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप