श्रीलङ्का लगेर बन्धक बनाउने महिला जेल चलान

person explore access_timeसाउन १८, २०७८ chat_bubble_outline0

महिलालाई श्रीलङ्का पुर्याएर बेचबिखन गर्ने आरोपमा पक्राउ परेका एक महिलालाई जेल चलान गरिएको छ ।  प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूरोले कुवेतमा आकर्षक तलब कमाई हुन्छ भनी श्रीलङ्का लगेर २५ महिलालाई बन्धक बनाएको आरोपमा सुनसरी रामधुनी नगरपालिका–९ की ४० वर्षीया सावित्रीदेवी मलाह भन्ने सावित्री मुखियालाई पक्राउ गरेको थियो । पक्राउ परेकी मुखियालाई काठमाडौँ जिल्ला अदालतको यही साउन १५ को आदेशले पुर्पक्षका लागि केन्द्रीय कारागार कार्यालय जगन्नाथ देवल थुनामा पठाएको प्रहरीले जनाएको छ ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले महिलाहरुलाई आकर्षक तलब हुन्छ भनी काठमाडौँबाट सप्तरीको राजविराज हुँदै हनुमाननगर नाकाबाट भारतको नयाँ दिल्ली हुँदै श्रीलङ्का पुर्याएर बन्धक बनाउने कार्यमा संलग्न रहेको आरोपमा मुखियालाई पक्राउ गरिएको जानकारी दिए । “पीडित महिलालाई राहदानी बनाउन लगाएर मुखियाले श्रीलङ्का पु¥याई बन्धक बनाएको अनुसन्धानमा खुल्न आएको छ”, उनले भने । बन्धक बनाएका महिलालाई श्रीलङ्का प्रहरीको सहयोगमा उद्धार गरिएको ब्यूरोले जनाएको छ । 

पक्राउ मुखियालाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान गरिएको प्रवक्ता द्विवेदीको भनाइ छ ।  
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।