शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाका कारण बागमतीमा थप ९ जनाको मृत्यु

सोमबार, १८ साउन २०७८, २० : १०
सोमबार, १८ साउन २०७८

कोरोना संक्रमणका कारण बागमती प्रदेशमा थप ९ जनाको मृत्यु भएको छ ।  पछिल्लो २४ घण्टामा संक्रमणबाट प्रदेशका ४ जिल्लामा एक महिला र ८ पुरुष गरि ९ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोनाका कारण काठमाडौं उपत्यकामा ६ जना र उपत्यका बाहिरका जिल्लामा ३ जनाको मृत्यु भएको हो । संक्रमणका कारण काठमाडौंमा ५ जना पुरुष, भक्तपुरमा एकजना महिला, रामेछापमा एकजना पुरुष र नुवाकोटमा २ जना पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम सेढाईले जानकारी दिए ।

मृत्यु हुनेमा ४ वर्षका एक बालक समेत रहेका छन् ।  उनका अनुसार अन्य मृतकहरु ३५ देखि ८० वर्ष उमेर समूहका रहेका छन् । यससँगै बागमती प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म ४ हजार ६७ जनाको मृत्यु भइसकेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप