शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा ६०९ जनामा कोरोना पुष्टि, थप ४ जनाको मृत्यु

सोमबार, १८ साउन २०७८, १८ : ५२
सोमबार, १८ साउन २०७८

गण्डकी प्रदेशमा थप ६०९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार १७४ जनाको नमुना परिक्षण गरिएकामा ६०९ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये ३२८ महिला र २८१ जना पुरुष रहेका छन् ।

प्रदेशका १० जिल्लामा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै मुस्ताङमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । 

उनका अनुसार कास्की २३९, मुस्ताङ १, बागलुङ ६६ स्याङ्जा ९८, म्याग्दी २, पर्वत २२,गोरखा ६२, लमजुङ २४,तनहुँमा ४८ र नवलपुरमा ४७ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६८ हजार ६४३ पुगेको छ ।

प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–३० की ६० बर्षिय महिला, पोखरा–२३ की ५२ बर्षिय महिला, पोखरा–१ का ७६ बर्षिय पुरुष र स्याङजाका ७५ बर्षिय कोरोना संक्रमित पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । 

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १०३ जना पुगेको छ।

प्रदेशमा पछिल्लो २४ घण्टामा ३०६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ९० पुगेको छ ।  

त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या ५ हजार ४५० पुगेको निर्देशनालयले जानकारी दिएको छ ।
    


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप