शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको स्वस्थ आलोचना गर्नुहोस्ः अर्थमन्त्री

सोमबार, १८ साउन २०७८, १८ : ३८
सोमबार, १८ साउन २०७८

अर्थमन्त्री जनार्दन शर्माले प्रेस स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकार साथै, स्वरोजगारमुलक मिडियाको रक्षाका लागि सबै सरोकारवालासँग छलफल गरी  योजना ल्याउने बताएका छन् । सोमबार पत्रकार महासंघसँगको छलफलमा शर्माले निरन्तर सुधारको आन्दोलन आवश्यक रहेको भन्दै ऐन कानुन निर्माण, संस्थागत कमीकमजोरीको सुधार र कार्ययोजना निर्माणमा आवश्यक सुझाव दिन आग्रह गरे । 

उनले सत्यतथ्य सूचना सम्प्रेषणमा ध्यान दिन आग्रह गर्दै सरकारको स्वस्थ आलोचना गर्न समेत आग्रह गरे । 

महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले मन्त्री शर्मालाई कार्य सफलताको शुभकामना दिदै कोभिडले सञ्चार क्षेत्रमा धेरै ठुलो प्रभाव परेको भन्दै पत्रकारहरू पेशाबाट विमुख हुने अवस्था रहेको अवगत गराए । 

महासंघका महासचिव रोशन पुरीले कोभिडले श्रमजीवी पत्रकार तथा तिनका आश्रित परिवारलाई ठुलो मारमा पारेको भन्दै सरकारले त्यसको समाधानका लागि योजना ल्याउनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप