चैत मसान्तसम्म सबै नेपालीलाई खोप दिने सरकारको दावी
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले नेपालले ५ करोड २२ लाख खोप चाँडै प्राप्त गर्ने दाबी गरेका छन् । जसमध्ये आगामी माघसम्ममा सरकारले ३ करोड २३ लाख मात्रा खोप ल्याइसक्ने सोमबारको पत्रकार सम्मेलनमा बताए ।
यस्तै कोभिड—१९ विरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रो लगाउन छुटेकाले दुई सातापछि खोप पाउने पनि उनले बताए । ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुले अबको १७ दिनपछि दोस्रो मात्रा लगाउन पाउने उनको भनाइ छ ।
एक तिहाई नागरिकलाई असोज मसान्त खोप दिने र चैत मसान्तसम्म सम्पूर्ण नेपाली नागरिकलाई खोप लगाइसक्ने सरकारको लक्ष्य छ । राज्यमन्त्री श्रेष्ठले मन्त्रालय सम्हालिसकेपछि वयस्क तथा किशोर किशोरी समेतलाई लक्षित गरी खोप खरिद गर्न लागिएको बताए । मोडर्ना खोप ४० लाख र जोनसोन एण्ड जोन्सन खोप ५० लाख, फाइजर ४० लाख अस्ट्राजेनिकाको २० लाख गरी कुल १ करोड ५० लाख मात्रा खरिद प्रक्रिया शुरु भइसकेको उनले बताए ।
को–भ्याक्स सुविधाअन्तर्गत १ करोड १३ लाख नेपालले प्राप्त गर्ने पनि उनले बताए । कोभ्याक्स सुविधाअन्तर्गत १ करोड १० लाख खोप भुक्तानी प्रक्रियामा रहेको उनको भनाइ छ । बालबालिका लक्षित फाइजर कम्पनीबाट ६० लाख खोप गरी ३ करोड २३ लाख डोज खोप खरिद प्रक्रियामा रहेको उनको भनाइ छ । खोप खरिदका लागि नेपाल सरकार र एसियाली विकास बैंकका बीचमा १६५ मिलियन अमेरिकी डलरको ऋण सहायताको स्वीकृतिको चरणमा रहेको उनले बताए ।
राज्यमन्त्री श्रेष्ठको १०० दिने स्वास्थ्य बीमा दुरुपयोग गर्ने कार्यलाई कडाइका साथ अनुगमन गर्ने समेत पत्रकार सम्मेलनका क्रममा बताएका छन् ।
यस्तै स्वास्थ्य क्षेत्रसँग सम्बन्धित दिगो विकास लक्ष्य हासिल गर्ने गरी रोग नियन्त्रण केन्द्र, प्रजनन स्वास्थ्य सेवा, खाद्य तथा औषधि प्राधिकरणहरूको विकास तथा विस्तारमा प्राथमिकता लाग्ने समेत उनले बताए । पत्रकार सम्मेलनमा १२ को परीक्षामा सहभागी हुने करिब ५ लाख ५० हजार विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिने नदिनेबारे शिक्षा मन्त्रालयसँग छलफल गरेर अगाडि बढ्ने बताए ।
श्रेष्ठले १०० दिने कार्ययोजना सार्वजनिक गर्दै सरकारी सुविधा नलिने जानकारी समेत दिएका छन् । सुरक्षा सेवा बाहेक अन्य आवास, गाडी र तलबभत्ता नलिने उनको घोषणा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन संङ्कटको कूटनीतिक सम्झौता तत्काल असम्भव : रूसी विदेशमन्त्री सर्गेइ
-
एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुनः बोलपत्र आह्वान
-
ब्लाक्क एण्ड डेक्करको खरिदमा छुट पाइने
-
विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ : मुख्यमन्त्री कार्की
-
नेपालमा हुन्छ वार्षिक ७२ हजार मेट्रिक टन लसुन उत्पादन
-
सवारी दुर्घटनामा चार जनाको मृत्यु