गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख गुरुङद्वारा पदभार ग्रहण
गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख पृथ्वीमान गुरुङले कार्यभार सम्हालेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साउन १२ गते गुरुङलाई गण्डकी प्रदेशको प्रमुखमा नियुक्त गरेकोमा सोमबार प्रदेश प्रमुख गुरुङले सहिद चोकमा रहेको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन्।
सरकारले गण्डकी प्रदेश प्रमुखमा सीता कुमारी पौडेललाई हटाएर गुरुङलाई प्रमुखमा नियुक्त गरेको थियो।
उनलाई स्वागत गर्न गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल लागत मन्त्री र उच्च पदस्थ कर्मचारी प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए ।
पदबहाली गर्ने क्रममा उनले संघीय लोकतन्त्रलाई संस्थागत गर्ने आफूहरूको प्रमुख दायित्व भएको बताए । उनले सबै मिलेर राष्ट्रलाई उन्नतीको दिशा तर्फ लैजानु पर्ने बताए ।
स्वागत कार्यक्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लोकतान्त्रिक व्यवस्था ल्याउन दशकौँ देखि लडेको व्यक्ती प्रदेशले पाउदा खुशी लागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते