मधेसमा जन्मिने भयो नयाँ दल
मधेस केन्द्रीत राजनीति गर्नेगरी नयाँ दल खोल्ने घोषणा भएको छ । तराई मधेशको मुद्दामा विगत सात वर्षदेखि समाजिक संस्थाको रुपमा काम गर्दै आएको तराई मधेश राष्ट्रिय परिषद् (टीएमएनसी) ले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेको हो । टीएमएनसीलाई यथावत राख्ने र सो भित्र रहेका राजनीतिक विभागलाई दलको रुपमा अगाडि बढाउने निर्णय भएको टीएमएसीका सदस्य सरोज रायले बताए ।
जसरी भारतमा राष्ट्रिय स्वयंसेवक संघले भारतीय जनता पार्टी सञ्चालन गरिरहेको छ त्यसरी न टीएमएनसीले आफ्नो पार्टी सञ्चालन गर्ने उनको भनाइ छ । उनले भने, ‘टीएमएनसीले स्वतन्त्र रुपमा जसरी मधेशको मुद्दामा काम गरिरहेको थियो त्यसरी नै काम गरिरहन्छ, तर त्यस अन्तर्गत एउटा पार्टी छुट्टै रहन्छ जसले मधेशको मुद्दालाई राजनीतिक रुपमा उठाउँछ ।’ टीएमएनसीले नयाँ निर्माण गर्न लागिएको पार्टीलाई दिशानिर्देश एवं नियन्त्रणको काम गर्ने उनले बताए ।
राजनीतिक दल निर्माणका लागि आन्तरिक गृहकार्य सुरु भएको र मंसिर महिनाभित्रै पार्टी निर्माण गरिसक्ने टीएमएनसीले जनाएको छ । देश र मधेशको रुपान्तरणका लागि टीएमएनसी मूलधारको राजनीतिमा आउनैपर्ने आवश्यकतालाई अंगिकार गर्दै पार्टी निर्माणको निर्णय भएको टीएमएनसीका संयोजक विकास ठाकुरले बताए ।
अहिलेका सबै पुराना दलहरुको विचार र व्यवहार दुवै स्खलित भएको र सत्ता लोभ र स्वार्थका कारण मधेशका मुद्दा ओझेलमा परिरहेको कारण राजनीतिक दलको रुपमा आउन बाध्य भएको टीएमएनसीका सदस्य रामसुफल पासवानले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण