शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश १ मा कोरोना सङ्क्रमणबाट ११ जनाको मृत्यु

सोमबार, १८ साउन २०७८, १७ : २६
सोमबार, १८ साउन २०७८

प्रदेश १ मा सोमबार कोरोना सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र ७ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मुलुक भर कोरोना सङ्क्रमणबाट सोमबार २३ जनाले मृत्यु हुँदा ११ जना प्रदेश १ का रहेका छन् ।

त्यसैगरी सोमबार प्रदेश १ मा ७७३ जनामा कोरोना संक्रमण थपिएका छन् । १ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ४११ र १ हजार १६३ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३२, सुनसरीमा ११३, झापामा ११२, धनकुटामा २३, इलाममा ६, उदयपुरमा ५, खोटाङमा ३, पाँचथर र तेह्रथुममा २–२, सङ्खुवासभामा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको छ ।

मोरङको विराटनगरमा ६५, बेलबारीमा १६, सुन्दरहरैचामा १४, पथरीशनिश्चरेमा १२, उर्लाबारीमा ९, बुढीगंगामा ७, केराबारी र लेटाङमा ३–३, कानेपोखरीमा २, ग्रामथानमा १, सुनसरीको धरानमा ५२, इटहरीमा ४४, दुहवी र रामधुनी र बराहक्षेत्रमा ४–४, इनरुवामा ३, पथरीशनिश्चरे र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा ३२, भद्रपुरमा २६, मेचीनगरमा १८, विर्तामोडमा १६, अर्जुनधारा र हल्दीबारीमा ५–५, कनकाई, कमल गाउँपालिका र गौरादहमा २–२ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै ​गौरीगञ्ज, कचनकवल र बुद्धशान्तिमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा १४, छ थर र महालक्ष्मीमा ३–३, पाख्रिबासमा २, शहिदभूमीमा १, इलामको चुलाचुलीमा ४, रोङ र सुर्योदयमा १–१, उदयपुरको त्रियुगा, चौदण्डीगढी र बेलकामा १–१ र स्थानीय तह नखुलेका २, खोटाङको साकेलमा १ र स्थानीय तह नखुलेका २, पाँचथरको फालेलुङ र स्थानीय तह नखुलेका १–१, तेह्रथुममा २, सङ्खुवासभामा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा ८३४ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३७९ महिला र ४५५ पुरुष रहेको छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप