नेप्से परिसूचक ४ अङ्कले बढ्यो, माइक्रो फाइनान्स समूह चम्किँदा ११ अर्बको कारोबार
सोमबार, १८ साउन २०७८, १६ : ४१
सोमबार सेयर बजार परिसूचक नेप्से ४.०६ अङ्कले बढेर ३ हजार ८५.०७ विन्दुमा उक्लिएको छ । गत आइतबार झिनो (१.२५) अङ्कले मात्र बढेको बजारमा सोमबार माइक्रो फाइनान्स समूह चम्किदा ४ अङ्क माथिको सुधार भएको हो ।
त्यसो त यस दिन माइक्रो फाइनान्स समूहको मात्र सेयर मूल्य २.२२ प्रतिशतले वृद्धि भएको छ भने, यस दिन कारोबार रकम समेत ११ अर्ब हाराहारीमा भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यस दिन कुल २२६ कम्पनीका २ करोड १८ लाख कित्ता माथिको सेयर बजारमा एक लाख पटक माथि किनबेच हुँदा १० अर्ब ९८ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ ।
गत आइतबार १.२५ अङ्कले बढेको बजारमा १२ अर्ब १० करोड माथिको कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसको कदमले अमेरिका आक्रोशित
-
इरानी र्यापर सालेहीलाई मृत्युदण्डको सजाय सुनाइयो
-
आईपीएलको अवैध प्रसारण: प्रहरीले अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका लागि बोलायो
-
अख्तियारद्वारा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
भाइलाई ‘प्लस टु’ पास गराउन प्रिन्सिपलले गरे नक्कली विद्यार्थी खडा
-
एयरलाइन्सको ज्यादतीबारे मेनपावर व्यवसायीद्वारा ध्यानाकर्षण