आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

पोखरेलको सत्तापक्षलाई प्रश्न : के तपाईंहरु केपी ओलीलाई मार्न चाहनुहुन्छ ?

सोमबार, १८ साउन २०७८, १६ : ३४
सोमबार, १८ साउन २०७८

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व मन्त्री आनन्दप्रसाद पोखरेलले सत्तापक्षलाई केपी ओलीमुक्त नेपाल बनाउने सपना नदेख्न चेतावनी दिएका छन् । राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘सत्तापक्षले केपी ओलीमुक्त नेपाल बनाउँछौँ भनेको छ, यो घृणास्पद अभिव्यक्ति हो । यो खेदजनक छ । केपी ओलीमुक्त नेपाल भनेको के हो ? के तपाईँहरु केपी ओलीलाई मार्न चाहनुहुन्छ ? वा जेल हाल्न चाहनुहुन्छ ? यसको उत्तर सत्ताधारीले दिनुपर्छ ।’

नेता पोखरेलले काँग्रेस, माओवादी केन्द्रलगायतको गठबन्धनलाई दक्षिणपन्थी गठबन्धनको संज्ञा दिएका छन् । उनले भने,‘अहिले नेपालको राजनीतिक अत्यन्तै तरल अवस्थामा छ । सङ्क्रमणकालीन अवस्थामा छन् । राजनीतिक अस्थिरतातर्फ मुलुक अघि बढिरहेको छ । यसमा नेपालको आन्तरिक राजनीतिक कारण पनि छ, अर्को बाह्य शक्तिको पनि हात छ । र, न्यायालयको फैसलाले पनि यो अवस्थाको श्रीगणेश गरेको छ ।’

उनले सत्ता पक्षीय गठबन्धनले केपी ओलीमुक्त नेपाल बनाउँछौँ भनेर घोषणा गरे पनि त्यो उनीहरूको पराजित मानसिकता भएको टिप्पणी गरे । उनले आफूहरू केपी ओलीयुक्त नेपाल बनाउने अभियानमा लागेको सुनाए । उनले केपी ओलीको किड्नी फेल भएको छ, यो मरिहाल्छ अनि हामी राजकाज चलाउन पाउँछौँ भनेर सोचेकाहरूले केपी ओली दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरेर फर्किएपछि षड्यन्त्रमा लागेको आरोप लगाए । 

आफूहरू निर्वाचनको पक्षमा रहेकोले जहिल्यै पनि निर्वाचनमा जान तयार रहेको पोखरेलको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप