शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘विन्टर फिल्म अवार्ड’ मा ‘कठपुतली’ छनौट

सोमबार, १८ साउन २०७८, १६ : ०२
सोमबार, १८ साउन २०७८

फिल्म ‘कठपुतली’ अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’का लागि छनौट भएको छ । हरर बिषयमा बनेको यो फिल्म सेप्टेम्बर २६ तारिखमा प्रदर्शन हुनेछ । २३ सेप्टेम्बरदेखि अक्टोबर २ सम्म चल्ने ‘विन्टर फिल्म अवार्ड’ मा फिल्म हरर फिल्म कम्पिटिशन लागि छनौट भएको हो । ‘कठपुतली’ भीमसेन लामाले निर्देशन गरेका हुन् ।

गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय रहेको फिल्म पृथ्वी राना प्रोडक्सनको ब्यानरमा बनेको हो । फिल्मका निर्माता पृथ्वी राना मगर रहेका छन् । काल्पनिक कथामा निर्माण भएको फिल्म ‘कठपुतली’ विश्वका प्रतिष्ठित फेस्टिभल मध्येको एक ‘विन्टर फिल्म अवार्ड’ मा छनौट हुनु नेपाल र नेपाली फिल्म क्षेत्रका लागि गर्वको कुरा भएको निर्देशक लामाले बताए । ‘विन्टर फिल्म अवार्ड’ न्यूयोर्कको ‘सिनेमा भिलेज थिएटर १’ मा आयोजना हुँदैछ । ‘कठपुतली’ सम्पदा मल्लले लेखेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप