बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फ्ल्याट भाडामा लिएर वेश्यावृत्ति गराउने २ महिला पुर्पक्षका लागि थुनामा

सोमबार, १८ साउन २०७८, १७ : ३५
सोमबार, १८ साउन २०७८

फ्ल्याट भाडामा लिएर यौनधन्दा गराउने दुईजना महिलालाई जिल्ला अदालत काठमाडौंले थुनामा पठाउन आदेश गरेको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–३ घर भएकी प्रिती थापा मगर र झापाको गौरादह नगरपालिका–५ घर भएकी ज्योती पोमुलाई काठमाडौं जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको हो । अदालतको आदेश अनुसार उनीहरुलाई पुर्पक्षका लागी केन्द्रिय कारागार जगन्नाथदेवलमा थुनामा पठाइएको मानव बेचविखन अनुसन्धान ब्यूरोकी एसएसपी दुर्गा सिंहले रातोपाटीलाई बताइन् ।

वीरगञ्जबाट काठमाडौंमा आमाको उपचार गराउन आएकी किशोरी आमाको मृत्युपछि बाफल स्थित बीना लिम्बु भन्ने ज्योती पोमुकोमा बस्न थालिन् । आमा मार्फत चिनजान भएकी ज्योतीले बाफल स्थित फ्ल्याटमा किशोरीकै अगाडी अन्य केटीहरू बोलाएर वेश्यावृत्ति गराउँथिन् । बीनाले किशोरीलाई गाली गरेको थाहा पाएपछि प्रिती थापाले ‘थानकोटमा मेरो कोठामा हिँड, त्यहाँ बच्च रेखदेख गर् तिमीलाई पढाइदिन्छु’ भनेर उनले आफ्नो फ्ल्याटमा लगिन् । 

थानकोटमा लगेर प्रीतिले किशोरीलाई फकाएर यौन धन्दामा लगाएको मानब बेचविखन अनुसन्धान ब्यूरोकी एसएसपी दुर्गा सिंहले रातोपाटीलाई बताइन् । वेश्यावृत्तिमा लगाएपछि किशोरी भागेर ‘नेप्लीज होम’ नामक संस्थाको सम्पर्कमा पुगेकी थिइन् । 

मानव बेचविखन अनुसन्धान ब्यूरोले २०७८ असार २१ मा प्रिती थापा मगरलाई र असार ३० मा ज्योती पोमुलाई पक्राउ गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप