शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशमा साढे ८ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप

६० प्रतिशत व्यक्ति कोभिसिल्डको दोस्रो मात्राको पर्खाइमा
सोमबार, १८ साउन २०७८, १४ : १०
सोमबार, १८ साउन २०७८

बागमती प्रदेशका ८ लाख ७१ हजार ९४ जनाले कोरोना विरुद्धको खोप सेवा लिएका छन् । यो प्रदेशका १३ जिल्लाका विभिन्न खोप केन्द्रहरूबाट साउन १८ गतेसम्ममा जोन्सन एण्ड जोन्सन, कोभिसिल्ड, भेरोसेलको पूर्ण डोज लगाउनेहरुको संख्या हो ।

बागमती प्रदेशमा कोभिसिल्डको दुवैमात्रा खोप लगाउनेको संख्या १६ हजार ४ सय ९० जना, भेरोसेलको दुवैमात्रा लगाउनेको संख्या ४ लाख ४६ हजार ७ सय ८८ जना र एक मात्रा मात्र लगाए पुग्ने जोन्सन खोप लगाउनेको संख्या २ लाख ६३ हजार ८ सय १६ जना रहेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार काठमाडौंमा ८९ हजार ८ सय ९४ जना, ललितपुरमा २१ हजार २ सय ११ जना, भक्तपुरमा ७ हजार ४ सय ५९ जना, रसुवामा ९ सय ९९ जना, नुवाकोटमा ४ हजार ३ सय ६० जना, धादिङमा २ हजार ७ सय ४३ जना, चितवनमा १३ हजार १ सय ८९ जना, मकवानपुरमा ५ हजार ९ सइ ५५ जना, सिन्धुलीमा १ हजार ७ सय ९८ जना, रामेछापमा १ हजार ७ सय २२ जना, दोलखामा १ हजार ९ सय ३१ जना, काभ्रेमा ६ हजार ४ सय २ जना र सिन्धुपाल्चोकमा २ हजार ८ सय २७ जनाले कोभिसिल्डको दुवै मात्रामा खोप लगाएका छन् ।

यसैगरी बागमती प्रदेशमा कोभिसिल्डको पहिलो मात्रा खोप लगाएका मध्ये ४० दशमलव ४८ प्रतिशतमा मात्र दोस्रो मात्रामा पहुँच उपलब्ध भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै भेरोसेल खोप लगाउनेहरूमा काठमाडौंका २ लाख ४४ हजार ६ सय ५० जना, ललितपुरका ८० हजार १ सय ४८ जना, भक्तपुरका ७७ हजार ५९ जना, रसुवाका २ हजार ६ सय ९९ जना, नुवाकोटमा ६ हजार ६ सय ८५ जना, धादिङका ४ हजार २ सय ७८ जना, चितवनका १० हजार ७ सय ५५ जना, सिन्धुलीका २ हजार ८ सय ९७ जना, मकवानपुरका ४ हजार ७ सय ६८ जना, रामेछापका ९ सय १४ जना, दोलखाका ५ सय ९३ जना, काभ्रेका ६ हजार ३ सय ७ जना र सिन्धुपाल्चोकका ५ हजार ३५ जना रहेका छन् ।

बागमती प्रदेशमा भेरोसेल खोपको पहिलो मात्रा लगाउने कुल संख्याको ४१ दशमलव ५९ प्रतिशतले मात्र दोस्रो मात्रा पाएका छन् भने अन्य व्यक्तिलाई खोप लगाउने कार्य जारी रहेको मन्त्रालयका प्रवक्ता डा. पुरुषोतम सेढाईले जानकारी दिए ।

उनका अनुसार बागमती प्रदेशका १० लाख ५६ हजार ३ जनाले कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइ सकेका छन् ।

त्यस्तै पहिलो मात्रा मात्र लगाए पुग्ने जोन्सन खोप लगाउनेहरूमा काठमाडौंका १ लाख २७ हजार ५ सय ४८ जना, ललितपुरका २९ हजार ३ सय ७० जना, भक्तपुरमा १८ हजार ३ सय ४७ जना, रसुवाका १ हजार ८ सय ६९ जना, धादिङका १५ हजार १ सय ४ जना रहेका छन् ।

चितवनका ३३ हजार ८ सय ३ जना, सिन्धुलीका ८ हजार २ सय ८१ जना, मकवानपुरका ५ हजार ३ सय १० जना, रामेछापका ३ हजार २ सय ३८ जना, दोलखाका ४ हजार १ सय ९२ जना, काभ्रेका १६ हजार ७ सय १६ जना र सिन्धुपाल्चोकका ४ हजार ३८ जनाले जोन्सन खोप लगाइ सकेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

नुवाकोटमा भने हालसम्म जोन्सन खोप लगाउने कार्य हालसम्म प्रारम्भ हुन सकेको छैन ।

६० प्रतिशत व्यक्ति कोभिसिल्डको दोस्रो मात्राको पर्खाइमा

बागमती प्रदेशमा कोरोना विरुद्धको कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका करिव ६० प्रतिशत व्यक्ति दोस्रो मात्राको पखाईमा रहेका छन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार कोभिसिल्डको पहिलो मात्रा लगाएकामध्ये ४० दशमलव ४८ प्रतिशत व्यक्तिमा दोस्रो मात्रा खोपमा पहुँच पुगेको छ भने अन्य ५९ दशमलव ५२ प्रतिशत व्यक्तिले अझै कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

प्रदेशका १३ जिल्लाका कुल ३ लाख ९६ हजार ४ सय ३९ जनाले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएको भएपनि १ लाख ६० हजार ४ सय ९० जनाले मात्र दोस्रो मात्रा प्राप्त गरेका छन् ।

अन्य २ लाख ३५ हजार ९ सय ४९ जना भने अझैपनि कोभिसिल्डको दोस्रो मात्राको पर्खाइमा रहेका छन् । यो कोभिसिल्ड खोप लगाएका कुल संख्याको ५९ दशमलव ५२ प्रतिशत हो ।

काठमाडौंका ६७ हजार २ सय ६४ जना, ललितपुरका १३ हजार ६ सय १५ जना, भक्तपुरका १२ हजार १ सय २ जना, रसुवाका २ हजार १ सय ६० जना, नुवाकोट १७ हजार ७ सय ७ जना, धादिङका १९ हजार ५ सय १७ जनाले कोभिसिल्ड खोपको दोस्रो मात्राको पहुँच पु-याउन सकिएको छ । 

त्यस्तै चितवनका २६ हजार ६ सय ९० जना, सिन्धुलीका ९ हजार ४ सय ५६ जना, मकवानपुरका १५ हजार १ सय ४१ जना, रामेछापका १३ हजार १ सय २३ जना, दोलखाका ९ हजार २ सय ५५ जना, काभ्रेका १७ हजार ४ सय ८४ जना र सिन्धुपाल्चोकका १२ हजार ४ सय ३८ जनाले कोभिसिल्ड खोपको दोस्रो मात्रा पाउन सकेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप