फोटोन मोटर्सको शाखा अब नेपालगन्ज र बुटवलमा
काठमाडौं । एमएडब्लु बृद्धि कमर्सियल भेहिकल्सले आफ्नो नयाँ शाखाहरु नेपालगन्ज र बुटवलमा विस्तार गरेको छ ।
पछिल्लो समय कमर्सियल गाडीको आक्रामक बजार विस्तार गरिएको फोटोन मोटर्सले नेपालगन्ज र बुटवलमा साखाहरु विस्तार गरेको हो ।
नयाँ शाखाहरूबाट फोटोन ब्रान्डका कमर्सियल गाडीहरुको जानकारी लिन, टेस्ट ड्राइभ तथा खरिद गर्न पाइने कम्पनीका सेल्स हेड नबिन आचार्यले जानकारी दिए। उनका अनुसार यहाँबाट सेवाग्राहीले फोटोन गाडीका जेनुइन पार्टस्हरु पाइनुका साथै पार्टस् सम्बन्धि सम्पूर्ण जानकारीहरु र आफूलाई आवश्यक पार्टसहरुको अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ ।
नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले फोटोन ब्रान्डका पिकअप टुनल्यान्ड ई, पिकअप टुनल्यान्ड एस, १९ सिट क्षमताको भ्यान भ्यु सीएस२ एल र १६ सिट क्षमताको भ्यान भ्यु सीएस २ विभिन्न प्रकारका एम्बुलेन्स बेच्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा सोलुखुम्बुमा पाँच घर जले
-
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री
-
माओवादीबाट रणसिं परियार मन्त्री बन्दै, बाँकी मुख्यमन्त्रीको विश्वासको मत पछि
-
बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति
-
जीपको ठक्करबाट मोटरसाइकलमा सवार तीन जनाको मृत्यु
-
बारामा चर्को आवाजमा डीजे बजाएका २ जना पक्राउ