दुई सातापछि ज्येष्ठ नागरिकले कोभिसिल्डको दोस्रो मात्रा लगाउन पाउने
कोरोनाभाइरस कोभिड—१९ विरुद्धको कोभिशिल्ड खोप पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन नपाएकाहरुले अब छिट्टै दोस्रो मात्रा लगाउन पाउने भएका छन् ।
६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुले अबको करिब १७ दिनपछि दोस्रो मात्रा लगाउन पाउने स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले बताए ।
एष्ट्रेजेनेकाका खोप प्राप्त गरेको तीन दिन भित्रमा सरकारले वितरण गर्ने स्वास्थ्य मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा राज्य मन्त्री श्रेष्ठले बताएका हुन् ।
जापानमा ओलम्पिक सकिएलगत्तै एष्ट्रेजेनेकाको खोप नेपाल आउने उनले बताए । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको पदभार सम्हालेको १० औं दिनमा १०० दिनको आफ्नो भावी कार्ययोजना प्रस्तुत गर्दै राज्य मन्त्री श्रेष्ठले १३ लाख ४८ हजार नागरिकलाई खोप दिइने बताए ।
कोभिशिल्ड खोप पहिलो मात्रा लगाएको ९ महिनासम्म दोस्रो मात्रा लगाउँदा थप प्रभावकारिता बढेको पाइएको अध्ययनले देखाएको मन्त्रालय प्रवक्ता कृष्ण प्रसाद पौडेलले पत्रकार सम्मेलनमा बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वपत्नीलाई ६४ करोड डलर तिर्न एसके समूहका अध्यक्षलाई अदालतको आदेश
-
एक वर्षमा काठमाडौँमा २३ सय २५ साइबर ठगीका घटना
-
भेलाको तयारीबारे छलफल गर्न कांग्रेस इतर समूहको बैठक बस्दै
-
वरुण बेभरेजमा सरकारी छापा : सेभेन अपको उत्पादन र बिक्री वितरणमा रोक्न निर्देशन
-
चौराहा–गोलपार्क सडक निर्माणको म्याद तेस्रो पटक थपियो
-
युवतीलाई अश्लील हर्कत गर्ने अधिकृत २० हजार धरौटीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण