शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुई सातापछि ज्येष्ठ नागरिकले कोभिसिल्डको दोस्रो मात्रा लगाउन पाउने

सोमबार, १८ साउन २०७८, १३ : ४८
सोमबार, १८ साउन २०७८

  
कोरोनाभाइरस कोभिड—१९ विरुद्धको कोभिशिल्ड खोप पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन नपाएकाहरुले अब छिट्टै दोस्रो मात्रा लगाउन पाउने भएका छन् । 

६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुले अबको करिब १७ दिनपछि  दोस्रो मात्रा लगाउन पाउने स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले बताए । 

एष्ट्रेजेनेकाका खोप प्राप्त गरेको तीन दिन भित्रमा सरकारले वितरण गर्ने स्वास्थ्य मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा राज्य मन्त्री श्रेष्ठले बताएका हुन् ।

जापानमा ओलम्पिक सकिएलगत्तै एष्ट्रेजेनेकाको खोप नेपाल आउने उनले बताए । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको पदभार सम्हालेको १० औं दिनमा १०० दिनको आफ्नो भावी कार्ययोजना प्रस्तुत गर्दै राज्य मन्त्री श्रेष्ठले १३ लाख ४८ हजार नागरिकलाई खोप दिइने बताए ।

 कोभिशिल्ड खोप पहिलो मात्रा लगाएको ९ महिनासम्म दोस्रो मात्रा लगाउँदा थप प्रभावकारिता बढेको पाइएको अध्ययनले देखाएको मन्त्रालय प्रवक्ता कृष्ण प्रसाद पौडेलले पत्रकार सम्मेलनमा बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप