शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रोयल इन्फिल्डको नयाँ मोडल मिटिवर ३५० सीसी सार्वजनिक, मूल्य कति ?

सोमबार, १८ साउन २०७८, १३ : ०२
सोमबार, १८ साउन २०७८

काठमाडौं । नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारीक विक्रेता एमभी दुगड ग्रुप अन्र्तगतको विवेक अटोमोबाइल्स्ले रोयल इन्फिल्ड अन्तर्गतको क्रुजर सिरिजमा नयाँ मोडल मिटिवर ३५० सीसी सार्वजनिक गरेको छ । 

मिटिवर ३५० सीसी अन्तर्गत फायर बल, स्टेलर र सुपर नेभा गरी तीन भेरियन्ट रहेको कम्पनीले जनाएको छ । जसमा फायर बलको दुइै, स्टेलरका तीन र सुपर नोभाको दुई रंगहरु बजारमा उपलब्ध छन् ।

मिटिवर ३५० सीसी एउटा क्रुजर सिरिजको मोटरसाइकल हो जसमा जे सिरिजको एयर आयल कुल्ड, सह्क इन्जिन रहेको छ । इन्धनको कार्यकुशलताको लागि इलेक्ट्रोनिक फ्युल इन्जेक्सन भएको यस मोटरसाइकलमा थप सुरक्षाको लागि डुअल च्यानल एबीएस पनि राखिएको छ ।

यस मोटरसाइकलमा टर्न टु टर्न नेभिगेसनको लागि गुगलसँग्को साझेदारीमा बनाइएको ट्रिपर पड र मोबाइल फोन चार्ज गर्नको लागि यूएसबी चार्जिङ पोर्ट पनि समावेश गरिएको छ । 

नेपालका लागि आधिकारीक बिक्रेता विवेक अटोमोबाइल्सले आफ्नो १९ वटै शाखा तथा डिलरहरुमा मिटिवर ३५० सीसी बिक्री प्रवर्धन शुरु गर्ने भएको छ । बीएस भीआई संस्करण अन्तर्गत क्रुजर सिरिजको यस मोटरसाइकलमा कम्पन घटाउनको लागि ब्यालेन्सर साफ्ट पनि राखिएको छ ।

मिटिवर ३५० सीसी अन्तर्गत फायर बलको मूल्य ६ लाख, स्टेलरको मूल्य ६ लाख १७ हजार र सुपर नोभाको मूल्य ६ लाख ४५ हजार रहेको कम्पनीले जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप