लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई हटाउन विपक्षी दल एकजुट
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल असंवैधानिक रुपमा सत्तामा कायम रहेको दावी गर्दै विपक्षी दलहरुले नयाँ ढंगबाट सरकार गठनको माग गर्दै प्रदेश प्रमुखलाई निवेदन दिने तयारी गरेका छन् ।
प्रदेशसभामा अल्पमतका बाबजुद मुख्यमन्त्री पोखरेलले सत्ता सञ्चालन गरेको दावी गर्दै काँग्रेस, माओवादी केन्द्र लगायतका विपक्षी दलले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुख समक्ष माग गर्न लागेका हुन् ।
‘निवेदन तयार भइसकेको छ,’ नेपाली काँग्रेसका एक प्रदेशसभा सदस्यले भने, ‘अब प्रदेश प्रमुखलाई भेट्न जाने तयारीमा छौं ।’
स्रोतका अनुसार विगतमा तत्कालीन प्रदेश प्रमुखले पूर्वाग्रही ढंगबाट मुख्यमन्त्री पोखरेललाई असंवैधानिक रुपमा समेत साथ दिएका कारण प्रदेशमा बहुमत विनाको सरकार कायम रहेको र अल्पमतमा रहेकै कारण सरकारले विश्वासको मत लिनेसमेत आँट नगरेको विषयमा दलहरुले प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराउन लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेलाको तयारीबारे छलफल गर्न कांग्रेस इतर समूहको बैठक बस्दै
-
वरुण बेभरेजमा सरकारी छापा : सेभेन अपको उत्पादन र बिक्री वितरणमा रोक्न निर्देशन
-
चौराहा–गोलपार्क सडक निर्माणको म्याद तेस्रो पटक थपियो
-
युवतीलाई अश्लील हर्कत गर्ने अधिकृत २० हजार धरौटीमा रिहा
-
परिस्थिति जटिल बन्नुमा वामपन्थी शक्तिको भूमिका पनि जिम्मेवार छ : मोहनविक्रम सिंह
-
सिटिजन्स बैंक र नियो भर्सबिच समझदारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण