सत्तारुढ गठबन्धनको कार्यदल बैठक बालुवाटारमा
सोमबार, १८ साउन २०७८, ११ : ५६
सत्तारुढ गठबन्धनको कार्यदल बैठक चलिरहेको छ । सरकारको न्युनतम साझा कार्यक्रम तय गर्ने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको हो ।
बैठकमा कार्यदलका संयोजक पूर्णबहादुर खड्का, सदस्यहरु मिनेन्द्र रिजाल, रमेश लेखक, वर्षमान पुन, देवप्रसाद गुरुङ, महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ सहभागी छन् ।
संयोजक खड्काका अनुसार आजको बैठकले सरकारले गर्ने काम कारबाहीको साझा कार्यक्रमको ड्राफ्ट तयार पार्दै छ ।
साझा कार्यक्रममा कोरोना संक्रमण नियन्त्रणको विषयलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ ।
यस्तै अघिल्ला सरकारले विभिन्न निकाय र क्षेत्रमा गरेका राजनीतिक नियुक्तिका विषयलाई प्रक्रिया पुर्याएर खारेजीका लागि सरकारलाई सिफारिस गर्ने कार्यदलको तयारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण