बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘जाउँ न कान्छी जाउँ’मा सुधिर र गीताको प्रेमकथा

सोमबार, १८ साउन २०७८, ०९ : ३९
सोमबार, १८ साउन २०७८

काठमाडौंँ । अनिस अधिकारी र रचना रिमालको स्वरमा रहेको ‘जाउँ न कान्छी जाउँ’ बोलको गीत सार्वजनिक भएको छ ।

रोमान्टिक शैलीमा तयार गीतमा गायक अधिकारीकै शब्द तथा संगीत छ । गीतको भिडियोमा सुधिर श्रेष्ठ र गीता ढुंगानाको अभिनय देख्न सकिन्छ ।

प्रेमको रुपमा उनीहरु प्रस्तुत भएका छन् । भिडियोमा सुधिर र गीताको केमेस्ट्री जमेको छ ।

सुवोल थापाको निर्देशन र कोरियोग्राफी रहेको भिडियो बुद्ध थापाले खिचेका हुन् ।

अरुण थापा मगरद्वारा निर्मित भिडियो अविगम्यान फिल्मस् एन्ड इन्टरटेन्मेन्टले बाहिर ल्याएको हो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप