शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

सोमबार, १८ साउन २०७८, ०८ : ०२
सोमबार, १८ साउन २०७८

मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा मनसुनी वायुको प्रभाव रहेको   जनाएको छ ।

महाशाखाले आज प्रदेश १, बागमती, गण्डकी र सुदुर पश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी  भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले सतर्कता अपनाउन अनुरोध गरेको छ । 

साथै, आज बिहान देशका अधिकांश भूभागमा सामान्य बदली रही  प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा  हल्का वर्षा भैरहेको छ।

यस्तै, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  भने, प्रदेश १, बागमती र  गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

साथै, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ। प्रदेश १, बागमती, गण्डकी र सुदुरपश्चिम  प्रदेशका  प्रदेशका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप