बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

टेलिग्राममा अब हजार जनासम्मले संयुक्त भिडियो संवाद गर्न मिल्ने

आइतबार, १७ साउन २०७८, २३ : ३०
आइतबार, १७ साउन २०७८

म्यासेन्जर च्याट सेवा दिँदै आएको टेलिग्राम एपले अब भिडियो कुराकानी गर्न मिल्ने सेवासमेत दिने भएको छ ।  भिडियो कुराकानी एक पटकमा एक हजार जनासम्मले गर्न मिल्ने व्यवस्था गरिएको पनि कम्पनीले जनाएको छ ।
संयुक्तरूपमा भिडियो कुराकानी गर्न मिल्ने, बैठक तथा भेला गर्न मिल्ने माध्यमहरूको प्रयोग बढिरहेका बेला टेलिग्रामले पनि यो सेवा सुरु गरेको हो । 

कम्पनीले हालै घोषणा गरेको नयाँ सेवाअनुसार भिडियो संवादका क्रममा देखिने भिडियोको गुणस्तर पनि धेरै राम्रो आउने बनाइएको छ ।   पटकपटकको परीक्षणपछि सार्वजनिक गरिएको सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउने अरु गृहकार्य भइरहेको पनि कम्पनीले जनाएको छ ।

टेलिग्राममा भएको कुराकानी वा छलफललाई सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारण गर्नसमेत मिल्ने र एक महिनापछि आफैँ डिलिट हुने व्यवस्थासमेत गरिएको छ ।   भिडियो संवादलाई रेकर्ड गरेर राख्न मिल्ने सेवा पनि रहेको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप