शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभावकारी बैंकिङ सेवा प्रदान गर्न सभामुखको आग्रह

आइतबार, १७ साउन २०७८, २२ : ५८
आइतबार, १७ साउन २०७८

सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरबारमा रहेका सबै कार्यालयको सरकारी खाता राष्ट्रिय वाणिज्य बैंकमा सञ्चालन गर्ने सन्दर्भमा बैंकका प्रमुख कार्यकारी अधिकृतलगायत अधिकारीसँग छलफल गरेका छन् । सभामुखको कार्यकक्षमा आयोजित छलफलमा खाता सञ्चालनलाई व्यवस्थित गरी सेवा प्रवाह गुणस्तरीय बनाउन बैंकका प्रमुख कार्यकारी अधिकृतलाई आग्रह गरे ।

सभामुखले लामो समयदेखिको प्रयास स्वरूप सरकारी स्वामित्वको बैंकमार्फत व्यवस्थित गर्न पाउनु अवसर रहेको र यो अवसरमा बैंकले आफ्नो सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाई गुणस्तरीय बनाउन जनशक्ति र प्रविधिको व्यवस्थापन गरी विश्वास जित्नुपर्ने बताए ।

छलफलमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले देशभर सातवटै प्रदेश ७७ जिल्लामा २७४ शाखा सञ्चालन भइरहेको, रु दुई खर्ब ५० अर्बभन्दा बढी निक्षेप र रु एक खर्ब ८० अर्बभन्दा बढी लगानी रहेको अग्रणी बैंक भएको जानकारी दिए ।

उनले बैंकिङ सेवाका सबै सेवा बैंकले प्रदान गरी रहेको र सरकारको निर्णयलाई अवसरका रूपमा लिई बैंकले कार्ययोजना बनाई आवश्यक जनशक्ति र प्रविधिको व्यवस्थापन गरी अन्य बैँकभन्दा राम्रो सेवा दिने प्रतिबद्धता व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप