सोमबार, २२ पुस २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशका दुई सांसदको मुद्दा : विपक्षीलाई जवाफ पेस गर्न सर्वोच्चको आदेश

आइतबार, १७ साउन २०७८, १९ : ०९
आइतबार, १७ साउन २०७८

सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका दुई सांसद हटाएको बिषयमा विपक्षीसँग लिखित जवाफ पेस गर्न आदेश दिएको छ । आइतबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले  माओवादी सांसदहरु दधिराम न्यौपाने र दिनेश पन्थीलाई सांसद पदबाट हटाएको विषयमा विपक्षीसँग लिखित जवाफ माग गरेको हो । इजलासमा पक्ष र विपक्षी वकिलहरूको कुरा सुनेपछि लिखित जवाफ माग गरिएको जनाइएको छ ।  

नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद न्यौपाने र पन्थीलाई पार्टीले कारवाही गरेको पत्र पठाएपछि लुम्बिनी प्रदेशसभाले हटाएको थियो । उनीहरुले दल परिवर्तन नगरेको जिकिर गर्दै माओवादी पार्टी र प्रदेश सभाका सभामुख विरुद्ध अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले अन्तरिम आदेशका लागि भदौ ८ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ ।  

न्यौपाने रुपन्देही क्षेत्र नम्बर २ को  ‘ख’ बाट  र पन्थी गुल्मी क्षेत्र नम्बर २ को ‘ख’ बाट  माओवादीका तर्फबाट निर्वाचित सांसद हुन् । पछि उनीहरु एमाले प्रवेश गरेको भन्दै पार्टीका विभिन्न कार्यक्रमहरुमा पुगेका थिए । तर अहिले माओवादीमा नै रहेको भन्दै उनीहरुले अदालतमा रिट दायर गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप