मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल सहकारी बैंक खोल्ने विषयमा प्रधानमन्त्री सकारात्मक

आइतबार, १७ साउन २०७८, १९ : ०३
आइतबार, १७ साउन २०७८

काठमाडौं । नेपाल सहकारी बैंक खोल्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा सकरात्मक देखिएका छन् । नेपाली काँग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागले प्रधानमन्त्री  देउवासँग भेट गरी सहकारी बैंकबारे जानकारी गराएका थिए । 

विभागका प्रमुख एवम् काँग्रेसका केन्द्रीय सदस्य आनन्द प्रसाद ढुंगाना नेतृत्वको टोलीले प्रधानमन्त्री देउवालाई विभागले गरेको कामको बारेमा समेत जानकारी गराएका थिए । 

विभागको भावी योजना र कार्यक्रमको बारेमा समेत प्रधानमन्त्रीलाई जानकारी गराइएको विभागका सचिव सुरेन्द्र भण्डारीले बताए । उनका अनुसार प्रम देउवाले देशभरका सहकारी क्षेत्रको प्रतिनिधित्व हुनेगरी सहकारी बैंक खोल्नु आवश्यक रहेको आसय व्यक्त गरेका थिए । 

नेपाल सहकारी बैंक खोल्ने विषयमा आफू सकारात्मक रहेको र तत्काल प्रकृया अघि बढाउन सम्बन्धित निकायसँग परामर्श लिने धारणा प्रधानमन्त्रीले राखेको पनि भण्डारीले बताए ।

विभागका प्रमुख ढुंगानाले कांग्रेसको नेतृत्वमा रहेको सरकारले सहकारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्न ध्यान दिनुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिएका थिए । नेपाल सहकारी बैंक स्थापना गर्न संयोजक भण्डारीको नेतृत्वको टोलीले सहकारी विभागबाट सहमति लिइसकेको छ । नेपाल राष्ट्र बंैक र सहकारी महासंघको पत्र प्राप्त हुनासाथ बंैक सञ्चालनमा आउनेछ । बंैक सञ्चालन गर्न राष्ट्रिय भेला सम्पन्न गरिसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप